विराटनगर । मोरङ जिल्ला कारागारको महिला सेलभित्र एक कैदी मृत फेला परेकी छिन् । कारागार प्रमुख गौरव ढुङ्गेलका अनुसार आज बिहान करिब ४ बजे शौचालयमा झुन्डिएको अवस्थामा कैदीको शव भेटिएको हो ।मृतक सुनसरी बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) भएको प्रहरीको पुष्टि छ ।
उनलाई सुनसरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २०८१ कात्तिक ७ गते जन्मकैदको फैसला गर्दै २० वर्ष कैद सजाय तोकेको थियो ।
२०७८ साल माघ ५ गतेदेखि भट्टराई मोरङ कारागारमा थिइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान भइरहेको जनाएको छ ।