वीरगंज ३० साउन
जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीको चरम लापरवाहिको कारण एक विरामीको अवस्था गम्भिर भएको समाचार प्राप्त भएको छ ।
वीरगंज महानगरपालिका वडा नं.– १४ स्थित वीरगंज हेल्थ केयर हस्पिटलमा कार्यरत डा. आशिफ अंसारीले एक विरामीको पितको थैलीमा रहेको पथरीको सल्याक्रिया गर्दा लापर्वाही भएको र त्यस कारण विरामीको अवस्था झन गम्भिर भएको आफन्तजनले आरोप लगाएका छन् ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. २ चेर्गाहा निवासी ३२ वर्षिय फिरोज मियाँ अंसारीको पथरीको उपचारर्थ गत साउन २६ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।
भर्नापछि डा.अंसारीले सल्याक्रिया गरे तर पहिलो सल्याक्रिया असफल भयो । दोस्रो सल्याक्रिया गरेको तर गलत ठाउँमा नै सल्याक्रिया हुँदा भित्रि नसा कटेर अनियन्त्रीत रक्तश्राव भई विरामीको अवस्था झन विग्रीएको हुँदा काठमान्डौं रेफर गर्न खोजिएको विरामीका भाई मम्ताज अंसारीले बताए ।
सत्य कुरा नबताई ४ दिन सम्म भ्रममा राखेर परिवारका कुनै सदस्यलाई पनि विरामीलाई भेट्न नदिएको र दुई लाख पचास हजार रकम असुली गरी आईतबार राति ११ बजे अचानक तपाई आफनो विरामीलाई काठमाडौं लैजानुस् भन्दै डा.अंसारीले गैरजिम्मेवारी जवाफ दिएको विरामीका आफन्तको गुनासो छ ।
गैरजिम्मेवार पुर्ण काम गर्ने डाक्टरलाई मेडिकल काउन्सीलले कारवाही गरी विरामीको क्षतिपुर्ती समेत दिलाउन विरामीका दाई मम्ताज अंसारीको सम्बन्धित निकायलाई गुहारेका छन् ।
साभार:- anewsnepal.com