Modern technology gives us many things.

पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान माथि गम्भीर आरोप

103

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराड ले पूर्व प्रधानमन्त्री इमरान खान माथि गम्भीर आरोप लगाएका छन् । तरार ले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पु¥याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’
इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सार्वजनिक रूपमा टिभी कार्यक्रममा यस्तो आरोप लगाएका थिए । त्यस्तै, इमरान की दोस्रो पत्नी रेहमले पनि खान लागू औषध दुर्व्यसनी भएको दाबी गरेकी थिइन् |

Leave a comment