Modern technology gives us many things.

भारतले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री सहयो

101

काठमाण्डौः भारतले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री सहयोग गरेको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय जनता र भारत सरकारकोतर्फबाट राहत सामाग्री हस्तान्तरण गरे ।

भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई भारतीय जनता र भारत सरकारको तर्फबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताएका छन् । नेपाल बाढी, पहिरो, डुवानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

Leave a comment