Year: 2026
-

१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेसबुक र इन्स्टाग्रामका फिचर फेर्दै
काठमाडौं, १२ भदौ । बालबालिकालाई जोखिममा पारेको आरोप लागेको अमेरिकी संघीय मुद्दामा सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटा १८ अर्ब डलरको ऐतिहासिक सम्झौता गर्न सहमत भएको छ। यस सम्झौताका सर्तअनुसार कम्पनी आफ्ना लोकप्रिय प्लेटफर्महरू इन्स्टाग्राम र फेसबुकमा नयाँ तथा कडा सुरक्षा सुविधाहरू लागू गर्न बाध्य हुनेछ। यस वर्ष मेटाले आफूविरुद्ध परेका थुप्रै कानुनी मुद्दाहरूको सामना…
-

रसुवा बाढीमा मधेश प्रदेशका करीब ४ दर्जन सम्पर्कविहिन
जनकपुरधाम, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका करीब चार दर्जन जना सम्पर्कविहीन भएको प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रदेश प्रहरी र विभिन्न जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ४६ जना समम्पर्कविहीन रहेका छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा पर्साका १० जना सम्पर्कविहीन छन् । त्यस्तै, महोत्तरीका ११…
-

बोस्नियालीका पुर्व कमाण्डर म्लादिचको हेगस्थित जेलमा निधन
काठमाडौं, १२ भदौ । बोस्नियाली सर्ब मिलिसियाका नेता तथा युद्ध अपराधी रात्को म्लादिचको ८४ वर्षको उमेरमा हेगस्थित जेलमा निधन भएको छ। दोस्रो विश्वयुद्ध पछि युरोपेली भूमिमा भएको पहिलो नरसंहारको अभियोगमा दोषी ठहरिएका युद्ध अपराधी रात्को म्लादिचको ८४ वर्षको उमेरमा हेगस्थित जेलमा निधन भएको छ। यस वर्षको सुरुमा सर्बियाले म्लादिचको स्वास्थ्य अवस्था ‘गम्भीर’ रहेको र उनलाई…
-

बाढीपीडितलाई मधेस सरकारदेखि नापी कर्मचारीसम्मको सहयोग
जनकपुरधाम, १२ भदौ । भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि मधेस प्रदेश सरकारदेखि सरकारी कर्मचारीसम्मले आर्थिक सहयोगमा जुटेका छन् । मधेस प्रदेश सरकारले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यका लागि मुख्यमन्त्री, मन्त्री, पदाधिकारी तथा कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबाट संकलित ५५ लाख ५७ हजार ५७ रुपैयाँ केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने…
-

सानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत रु। २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको क्षतिबाट प्रभावित…
-

राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूलाई पत्राचार गर्दै मोबाइल बैंकिङ, वेब एप्लिकेशन तथा ई–मनीमार्फत हुने कारोबारमा तोकिएको अधिकतम सीमा लागू नगर्न निर्देशन दिएको हो। राष्ट्र बैंकका अनुसार बाढी तथा डुबानबाट प्रभावित नागरिकको व्यवस्थापन तथा…
-

भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी विद्यमान ऐनबाट प्राप्त अधिकार प्रयोग गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। उनले स्थगित परीक्षाको संशोधित…
-

राहतसहित पुगे रास्वपा प्रमुख सचेतक बुर्लाकोटी, उद्धारलाई प्रभावकारी बनाउनेबारे छलफल
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी राहत सामग्रीसहित नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको सैनिक तालिम केन्द्र पुग्नुभएको छ। सञ्चारमन्त्री डा.विक्रम तिमल्सिना सहित त्यहाँ पुग्नुभएका बुर्लाकोटीले उद्धार तथा राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै आगामी कार्ययोजनाबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको हो। प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने, उनीहरूको अभिलेख व्यवस्थित…
-
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्। उनले शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। रवीन्द्र र कासिबबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ। दुवै फाइटरको प्रोफेसनल एमएमए प्रदर्शन उत्कृष्ट रहेकाले आजको प्रतिस्पर्धा निकै…
-

नुवाकोटका बाढीपीडितलाई एनआरएनए नेतृत्वको उपस्थितिमा एक करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्धार कोषमा दिने
काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा एनआरएनए नेतृत्वको उपस्थिति मा वितरण गरिसकिएको छ भने बाँकी चार करोड रुपैयाँ प्रधानमन्त्री…
You May Have Missed














