चिनियाँ हरु को अनलाइन ( Online Lottery, Online Shopping ) जस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोह सक्रिय रहेको सूचनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतिय उपकरणहरू समेत ३ जना चिनिया नागरिकहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ । नेपाल प्रहरीले काठमाडौं , रुपन्देही , पोखरामा अनलाइन मार्फत ठगीमा सलग्न चिनियाँ नागरिकहरुलाई पक्राउ गर्दै आएको छ । चिनियाँ नागरिकहरु एटिएम ह्याकिङ जस्ता काममा लागेको घटना पनि उजागर भएको थियोे । अहिले राजधानी काठमाडौंको ठमेल बजारमा जताततै चिनियाँ भासामा बोर्ड हरु देखिन्छन् । नेपाल सरकारले उक्त ठमेलमा रहेका ब्यापारीको कडा अनुसन्धान गर्न आवश्यक रहेको छ ।
