समाचार

८.७० अंकले बढ्यो नेप्से, ६ अर्ब १५ करोडको कारोबार

काठमाडौं, ९ मंसिर । साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.७० अंक बढेर २६४७.६५ विन्दुमा पुगेको छ। 

सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ। १३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार पाँच अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको एक करोड ६५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

हिमालयन उर्जा विकास कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कुमारी बैंकको २२ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य १०.९८ प्रतिशत बढेको छ। हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button