ट्राफिक प्रहरीको असुली गर्ने नयाँ तरिका

140

२९ पौष बारा। नेपाल सरकारले ट्राफिक जरिवाना स्वरुपको रकम अनलाईन तथा बैंक दाखिलाबाट प्रचलनमा ल्याएसँगै ट्राफिक प्रहरीहरुले पनि असुली गर्ने नयाँ तरीका खेजेका छन्।

ट्राफिक प्रहरीले सवारी साधनबाट लिने जरिवाना रकमको चिट काटेपछि सेवाग्राहीले उक्त चिट लिई जरिवाना गरीएको रकम ईसेवाबाट , खल्ती एप्स मार्फत वा बाणिज्य बैंकमा गई भुक्तानी गर्नु पर्ने छ। जरिवाना गरीएको रकम सेवाग्राहीले ईसेवा वा खल्ती एप्सबाट अनलाइन पेमेन्ट गरेको स्क्रिन सट लिई वा बाणिज्य बैंकमा जम्मा गरेको सक्कल भौचर ट्राफिक प्रहरी देखाए मात्र सवारी साधन छोड्नु पर्ने वा सवारी साधन सम्बन्धि कागजात दिनुपर्ने प्रावधान रहेको छ।

उक्त प्रावधान गरेकोमा अस्थायी ट्राफिक पोष्ट कलैयाले ईसेवा,खल्ती एप्स वा बाणिज्य बैंकबाट पेमेन्ट नगरी चिठ काटिने गरेको छ अस्थायी ट्राफिक पोष्ट कलैयाले असुलि कार्यलाई तिव्रता दिएको छ। मुख्य सडकमा गाडीको जाम हुँदा पनि ट्राफिक प्रहरीले कारवाही नगरी अवैध रुपले रकम असुली गरिरहेको चालकले बताएका छन्।

भारतिय सवारी चालकलाई  ट्राफिक प्रहरीले अनावशयक रुपले रोकेर कागज पत्र दिनु भनि आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर ट्राफिक प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १ हजार रुपैया सम्म लिएर छाडने गरेको छ। प्रत्येक दिन हजारौं सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाउँ, ठाउँमा सवारी चालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेका छन ।

बारामा ट्राफिक प्रहरीले असुली धन्दा चलाइरहेको खुलेकोछ ट्राफिक प्रहरी कार्यालय बारा मातहत रहेको प्रत्येक ट्राफिक पोष्टले विभिन्न माल बाहक सवारी साधनको चेकजाँचको बहानामा सवारीसाधनहरुसँग रकम असुली  गरेको पाएको छ। उक्त मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन्।

मालवाहक ट्रक, ट्यांकर , टिपर , माल बाहक जीप तथा ट्रेक्टर व्यवसायीहरू ट्राफिकबाट आजित बन्न थालेका छन् जस्तै भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छन र ट्राफिकबाट समन्वय गरि दलालहरुले मालवाहक सवारीका ड्राइभर संग कुराकानी मिलाई पास गराउदै आएका छन् ।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले जरीवाना तिराउन सक्छ तर जरीवाना नगरेर  बढी भारवहनलाई  मिलान गरिएका छन मात्र जान दिनुपर्नेमा अधिकांस रकम लिएर छाड्ने गरेको भेटिएको छ । बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ हजार  देखि २५०० सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ।

Leave a comment