सुटर सुजित सिंहलाई छुटाईदिन्छु भन्दै ठगी गर्ने श्यामबाबु साह पक्राउ

224

२९ पुष बारा । भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका-१ बस्ने २३ वर्षीय श्यामबाबु साह रहेका छन् ।

विभिन्न हत्यामा सुपारी लिई गोली हानी हत्या गरेका फरार प्रतिवादी भारत मोतिहारी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनि बस्ने ३२ वर्षीय सुटर सिंहलाई प्रहरीले गोली हानेको थियो ।

उक्त सुटर सिंहलाई पुष १० गते भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीसँगको मुठभेडमा उनको खुट्टामा गोली हानिएको थियो । उनको अहिले पनि प्रादेशिक अस्पताल कलैया, बारामा उपचार भइरहेको छ ।पक्राउ परेका साहले सुटर सुजितका बुवा जयमंगल सिंहसँग मुद्धा प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भन्दै १६ लाख भारतीय रुपैयाँ माग गरेको खुलेको छ ।

तर उनले नेपाली एक लाख ९२ हजार नेपाली ठगी गरेको आरोप छ । ठगी गरेको भन्ने जंयमगल सिंहको जाहेरी दरखास्तको आधारमा प्रहरीले श्यामबाबुलाई शनिबार पक्राउ गरेको हो ।उनीमाथि ठगी तथा आपराधिक बिश्वासघात सम्बन्धि मुद्दामा बारा जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

Leave a comment