सुवर्ण गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न

185

बाराको सुवर्ण गाउँपालिकाको आयोजनामा दृष्टि आँखा अस्पतालले आज शनिबार सुवर्ण गाउँपालिकाको वडा नं. ७ को स्वस्थ्य चौकीमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म चलेको थियो । उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया, निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएको थियो ।  भने निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया १७ जनाको भएको थियो भने १६० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविर संचालन सुवर्ण गाउँपालिकाको विशेष सहयोगमा भएको थियो। मोतियाबिन्दु देखिएका सबैजनाको सुवर्ण गाउँपालिकाको वडा नं. ७ को स्वास्थ्य चौकीमै निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाइएको गाउँपालिका प्रमुख राजेश प्रसाद यादव बताउनुभयो । गाउँबासीलाई जिल्ला बाहिर गएर शल्यक्रिया गराउँदा धेरै किसिमका समस्या, दुख र खर्च हुने हुदा पालिकाभित्र शल्यक्रियाको सुबिधा उपलब्ध गराउन लागेको उहाँको भनाई छ ।

उक्त कार्यक्रममा सुवर्ण गाउँपालिकाका प्रवक्ता बिजय कुमार सिंह, स्वाथ्य चौकी ईन्चार्ज रंजित प्रसाद यादव लगायत वडाका भद्रभलादमी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a comment