अपराध

नेपाल-भारत सीमामा समातियो १ सय किलो भन्दाबढी सुन, नेपाली सुनतस्कर हरुको निद हराम

काठमाडौं । नेपाल(भारत सीमामा १ सय १ किलो सुन समातियोको छ । भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोली (डीआरआई) ले सुन र तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको निर्देशनालयले जनाएको छ। त्यस्तै तस्कर समूहका ७ सुडानीसहित १० जनालाई नियन्त्रणमा लिएको बताईएको छ । जसमा तीन जना भारतीय छन्।
नेपाललाई ट्रान्जिट बनाएर भारतसम्म सुन तस्करी हुने गरेको पुष्टि अघिल्ला घटनाहरुले गरेका छन्। भारतीय नागरिकको लगानीमा विदेशी नागरिक समेत प्रयोग गरेर विमानस्थल नै प्रयोग गरि सुन तस्करी हुने गरेका छन्।  नेपाल प्रहरीले सुन बरामद र भरिया पक्राउ गरेका हालसम्मका घटनाको अनुसन्धानमा तस्करीको सुन भारत जाने खुल्दै आएको छ। भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोलीले नेपालबाट भएको र हुने ट्रान्जिट र तस्करीबारे पनि अनुसन्धान तिब्र बनाउने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button