राजनीतिसमाचार

राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीको अभियान – १३ वटै पालिकामा संगठन विस्तार

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीले जिल्लाका १३ वटै पालिका र १२६ वटै वडामा संगठन विस्तार गरीसकेको छ। अभियानको पहिलो चरणमा आज धनगढी उपमहानगरपालिकामा नगरसँग जिल्ला सभापति कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला सभापति महेश कुमार चौधरीले अब बाँकी रहेका १२ वटा पालिकामा पनि सोही कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। उनले पालिका सभापतिहरूसँगको छलफल र समन्वयबाट संगठनलाई चलायमान बनाउने उद्देश्य रहेको बताए।

चौधरीका अनुसार यो कार्यक्रमको मुख्य लक्ष्य संगठनलाई बलियो बनाउनु र आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको तयारी गर्नु हो। उनले विगतका कमजोरीहरूलाई सुधार्दै तल्लो तहदेखि नै शुभचिन्तक र सदस्यहरूलाई जोड्ने बताए।

कार्यक्रममा जिल्लाभरका पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आफ्ना पालिका र वडाका गतिविधिबारे स्पष्ट जानकारी राख्न आग्रह गरिएको छ। यसले कमिकमजोरीको पहिचान गरी समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button