समाचार
नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

काठमाडौं, १० भदौं । नेपाल भन्दा २० किमी माथी उत्तर चीन सिमानामा गएको हिम चट्टान पहिरोको कारण भोटेकोशीमा आकस्मिक बाढी आएको खुलेको छ ।
नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्लानेट ल्याबको स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल चीन सिमानामा गएको हिम चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखिएको हो।



