नेपालका बामपन्थी राजनितिक दलहरु, बाम बुद्धिजिवीहरु तथा बामपन्थी मानसिकताका कर्मचारीहरु र सन्चारकर्मीहरु उत्तरी छिमेकी चिनलाई दोषरहित मित्रराष्ट्रको रुपमा विश्लेषन गर्ने गर्दछन । जबकी यर्थातमा चिन पनि गुण र दोष मुत्त मित्र राष्ट्र नै हो ।
जन आन्दोलनको सफल्ता पश्चातका विगत १७–१८ वर्षमा नेपालको राजनितिमा सुक्ष्म हस्तक्षेप गर्नु देखि लिएर राजनितिक दलहरु खासगरिकन बामपन्थी दलहरुको एकीकरणमा समेत हस्तक्षेप गर्न थालेको छ ।
नेपाल भ्रमणमा पर्यटकको रुपमा आउने कतिपय चिनिया नागरिकहरु नेपाल सरकारको नियम, कानुन र स्थापित मान्यताको उलंघन गर्दै सुनतस्करी, डलर तस्करी, अवैध जुवा, साइबर अवराध र ठगी जस्ता आर्थिक अपराधमा समेत सहभागी देखिएका घटना पनि समय–समयमा चर्चामा नआएको होइन ।
चिनिया नागरिकहरुको कतिपय अवैध कृयाकलापले नेपालको शान्ती सुरक्षालाई समेत चुनौति दिने अवस्था उत्पन्न नभएको होइन ।
कहिले कांहि त नेपाली सुरक्षाकर्मी माथि हातपात गर्नमा समेत चिनियालाई डर लागेको हुदैन । उत्तरी छिमेकीद्वारा नेपालको उत्तरी सिमानालाई मिचने गरेको समाचारहरु पनि सार्वजनिक हुंदै आएका छन ।
नेपाली भु–भागमा भौतिक संरचना निर्माण गर्ने, तारवार लगाउने र उल्टै नेपालीकै प्रवेश माथि नै रोक लगाउने जस्ता घट्नाका समाचारहरु पनि सार्वजनिक हुंदै आएका छन ।
संखुवासभाको किमाथांका उत्तरी क्षेत्रमा चिनले नेपाली भु–भाग भित्र नै भौतिक संरचना बनाएको समाचार चर्चामा छ । नेपाली किसानको प्रवेश र घुमफिर माथि रोक लगाउृने लगायतका काम समेत भएका छन ।
भौगोलिक विकटता, जनघनत्व कमजोर हुनु र मिडियाको पहुंच पनि नभएका कारण उत्तरी क्षेत्रका सिमा अतिक्रमणका घटनाबाट राष्ट्रिय राजधानी काठमाण्डौं पनि समय मै अवगत भइरहेको हुदैन । केही वर्ष अघि नेपाली कांग्रेसका नेता र कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले नेपाल–चिन सिमाना विवाद सम्बन्धी आफुहरुले तयार पारेको प्रतिवेदन खेर नजाने यो कार्यान्वयन भएर छाड्ने विश्वास व्यक्त गरेका थिए ।
उनले कर्णाली प्रदेश खासगरिकन चिनको स्वसासित क्षेत्र तिब्बतसंग जोडिएको र यस क्षेत्रमा सिमाना विवाद रहेको बताएका थिए । दोलखा, संखुवासभा, ताप्लेजु·, गोरखा, हुम्ला लगायतका जिल्लाहरुमा सिमा अतिक्रमणका घटना हुने गरेका समाचारहरु समय–समयमा प्रकाशित हुदै आएका छन ।
अढाइ वर्ष अघि गोरखा जिल्लाको रुई गाउ पनि निकै चर्चामा आएको थियो । त्यतिवेला नेपाली कांग्रेसका एकजना बरिष्ठ नेताले रुई गाउ चिनमा कसरी प¥यो भन्ने प्रश्न गरेका थिए ? २०१३ साल तिर रुईका जनताले नेपाललाई नै कर तिरेका थिए तर अहिले रुई गाउ चिनमा कसरी प¥यो भन्ने तरक सहित प्रश्न गरेका थिए ।
रुई गाउको उक्त भु–भाग विगत ६० वर्ष देखि नेपालको नक्सामा छ तर चिनको अतिक्रमणमा छ । दार्चुला जिल्लाको जिउजिउ स्थानको १८ घर पनि चिनको अतिक्रमणमा परेको ठहर त मानव अधिकार आयोगको नै छ ।
राष्ट्र मानव अधिकार आयोगले २०७२ देखि २०७६ सम्म सिमा क्षेत्रको स्थलगत अध्ययन पश्चात जारी गरेको प्रतिवेदनमा चिनद्वारा अतिक्रमित ९९ रोपनी नेपाली भु–भाग फर्काउन पहल गर्न सरकारलाई निर्देसन दिएको छ ।
नेपाल र चिन सिमानाकामा तिनवटा सिमा स्तम्भ हराएको र गोरखामा ३५, ३७ र ३८ तथा सोलुखुम्बुको नाम्चामा पनि ९२ नम्बर सतम्च हराएको अथवा सारिएको समाचार केही अघि प्रकाशित भएको थियो ।
सोही समाचारमा गोरखा, दार्चुला र संखुवासभाको उत्तरी नाकामा एक हजार रोपनी भन्दा बढी जग्गा अतिक्रमणमा परेको उल्लेख थियो । केही वर्ष अघि रसुवाको सिमा क्षेत्रमा नेपाल भित्र नै युवाहरुले फोटो लिन खोज्दा चिनिया सुरक्षाकर्मीले त्यसको विरोध मात्रै गरेन की क्यामरा नै फुटाली दिएको थियो ।
नेपालीहरु शान्तिप्रिय हुन्छन । ‘बा“च र बा“च्न देउ’को नितिमा विश्वास राख्दछन । हामी आफ्ना छिमेकी मित्र राष्ट्रहरु सहित सवै मित्र राष्ट्रको सम्मान गर्द छौ । आफ्नो भु–भागको रक्षा गर्न नेपालीहरु सक्षम पनि छन ।
संखुवासभाको सिमा क्षेत्रमा क्षेत्रमा चिनद्वारा अध्यागमन कार्यलाई स्थापना गरिएको चर्चा छ । अरुण नदीले त्यस क्षेत्रको सिमानालाई छुट्याएको छ ।नेपाली सिमाको र भु–भागको सम्मान हुनुपर्छ ।
विश्वका २७ देशहरु संग चिनको सिमाना जोडिएको छ । जस मध्ये अधिकांश सित विवाद नै छ । चिनको सैन्य क्षमता, आर्थिक अवस्था र आक्रामक नितिका कारण कतिपय देशहरु चिनद्वारा हुने गरेको सिमा अतिक्रमणको विरोध भइ रहेको हुदैन तर लोकतान्त्रिक देशरु भने विरोध गरेको पाइन्छ ।
नेपाली भु–भाग भित्र अआफ्नो संरचना खडा गरी उल्टै नेपालीहरुको गतिििध माथि रोक लगाउने अवस्था र घटनाको विरोध हुनु पर्छ । उत्तरी क्षेत्रमा हुने गरेका सिमा अतिक्रमण र भु–भाग कब्जाको पनि विरोध हुनु पर्छ । ठुला देशको मन पनि ठुलो हुनुपर्छ । विस्तारवादी मानसिकताले कुनै पनि देश सफल हुन सक्दैन । सिमानाका क्षेत्रमा सिमा अतिक्रमणका घटना हुनु दुर्भाग्य पुर्ण हो ।
नेपाली भु–भाग अतिक्रमण भएको रहेछ भन्ने त्यो भु–भाग नेपालले फिर्ता पाउनु पर्छ । नेपाली भु–भाग भित्र चिनिया भौतिक संरचना बनेका छन भने त्यो पनि हटाइनु पर्छ । हामीले उत्तरी छिमेकीको सिमाना, सार्वभौमिकता र आवस्यकताको उच्च सम्मान गरे जस्तै उसले पनि हाम्रो सिमानाको सम्मान गरोस भन्ने चाहना छ । संसारको ध्यान यस्ता विषयमा जानु पर्छ ।