खेलकुदराष्ट्रिय

एनपीएलः सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुने

मंसिर १८ काठमाण्डौं ___ आज नेपाल प्रिमियर लिग (एनपीएल) को चाैथाें र पाँचाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा काठमाडौं  सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ । एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो । हिजाे कर्णालीलाइ जीत हासिल गर्दै जनकपुर वाेल्टस दाेस्राे पटक बिजयी भइसकेकाे छ ।

आज हुने दोस्रो खेलमा काठमाडौं र चीतवनको महा भिडन्त हुने जनाइएको छ। बिराटनगरबाट सन्दिप लामिछाने र सुदुरपश्चिमवाट दिपेन्द्रसिंह ऐरी नेतृत्व गर्नेछन् । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button