भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल

145

एजेन्सी – भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् ।

इण्डियन इस्लामिक कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले भारत एक समावेशी लोकतान्त्रिक मुलुकका रुपमा रहेको र यहाँ सबै नागरिकको समान स्थान रहेको उल्लख गरे ।

उनले भारतमा अन्य धर्मिक समूहजस्तै इस्लाम धर्मको पनि महत्वपूर्ण एवम् गौरवशाली स्थान रहेको स्पष्ट पारे ।

आतंकवादको कुनै धर्म नहुने भन्दै डोभालले भारतमा हरेक भाषा धर्म तथा संस्कृति शताब्दीऔँदेखि एक साथ रहीआएको जिकिर गरे ।

भारतमा इस्लाम धर्मावलम्बीको सङ्ख्या ३३ इस्लामिक देशमा बस्ने मुसलमानको सङ्ख्याभन्दा धेरै रहेको भन्दै उनले इस्लामले भारतमा शान्ति र अमनको जीवन्त अभिव्यक्तीलाई बढावा दिएको पनि उल्लेख गरे ।
Leave a comment