अर्थ/वाणीज्यमलेसिया बिशेषराष्ट्रियसमाचार

एनआरएनए मलेसियाका युवा उपाध्यक्ष अधिकारीले विश्वभरका बीमा अभिकर्ताहरूको छाता संगठनमा रचे इतिहास , अधिकारीले पाए ‘एमडीआरटी इमर्जिङस्टार’

एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले बीमा जगतमा इतिहाँस रच्दै विश्वभरका अभिकर्ताको छाता संगठन मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) २४ मिनेटमै वान डे फाइभ टाइम्स इमर्जिङ स्टार उपाधी हाँसिल गर्न सफल भएका छन् ।

मलेसियामा कर्मथलो बनाइ बीमामा समेत जोडिएर काम गरिरहेका अधिकारीले हिमालयन लाइफ इन्स्योरेन्स भक्तपुर (गठ्ठाघर) शाखाबाट २४ मिनेटमा नै बीमा गराएर वान डे एमडिआरटी तथा फाइभ टाइम्स इमर्जिङ स्टार उपाधी प्राप्त गरेका हुन् । यसरी उपाधि पाउने नेपालमै अधिकारी पहिलो व्यक्ति हुन् ।

अधिकारी बीमा अभिकर्ताका रुपमा सक्रिय रहँदै वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने बानी बसाल्नका साथै भोलिका दिनमा आफुलाइ भैपरी आउदा पुर्णरुपमा आफू र आफना परिवारको जोखिम कभर गर्ने हुँदा सबै श्रमिकहरुलाई बीमा गराएर सबल र सुरक्षित बन्न जरुरी रहेको उनको भनाई छ ।

आज सबल र सक्षम भइरहेको उमेरमा भोलिको लागि बीमा गर्दा नेपाल फर्कदा केही रकम जम्मा पनि हुने र कुनै समस्यामा पर्दा बीमाले जोखिम कभर पनि गर्ने हुँदा सबैको लागि बीमा आवश्यक रहेको अधिकारीको भनाई छ ।

अधिकारीले मलेसिया तथा मध्यपुर्व देशमा रहेका नेपालीहरुलाई वीमा सचेतना जगाउँदै वीमामा आवद्ध गराउँदै आएका छन् । केही महिनाभित्रमा नै मलेसियामा हिमालयन लाइफ इन्स्योरेन्सको शाखा स्थापना गर्ने र खाडीका देशमा पनि विस्तार गर्ने तयारीमा रहेको अधिकारीको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button