अन्तराष्ट्रिय

नेपाली नागरिकतासहित भारतको पानीटंकीबाट चिनियाँ नागरिक पक्राउ

काँकडभिट्टा नाकाबाट नेपाली नागरिकतासहित भारत प्रवेश गरेका एक चिनियाँ नागरिक पक्राउ परेका छन्। चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ। नेपाल-भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन्। उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपी देखाएका थिए। तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन।

एसएसबीका जवानलाई उनीमाथि शंका लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको थाहा पाए। त्यसपछि चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएका थिए।

प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ। अन्नपूर्णपोस्ट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button