राजनीति

सुदूरपश्चिममा भीम रावलको शक्तिसँग डराए ओली, दिए मिल्न यस्तो निर्देशन

काठमाडौं – एमाले सुदूरपश्चिम प्रदेश अधिवेशज चार दिनदेखि जारी छ। सर्वसम्मत बनाउने भन्दै निर्वाचन तालिका निर्वाचन मण्डलले तालिका सारिरहेको छ। मंगलबार अबेर राति प्रकाशन गरिएको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समय बुधबार बिहान ९ः३० बजेसम्मलाई तय गरिएको छ।

बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। एमाले सुदूरपश्चिममा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्।

एमाले सुदूरपश्चिम प्रदेशमा पूर्वउपाध्यक्ष भीम रावलका उम्मेदवारलाई हराउने प्रयासमा केपी ओलीसहितका शीर्ष नेताहरू लागेका छन्। यहाँ रावल पक्षबाट अछामका भरत साउदले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

ओली समूहबाट दुई र लेखराज भट्ट समूहबाट एक गरी तीनजनाको उम्मेदवारी परेको छ। भट्ट अहिले ओलीसँगै रहेकाले तीनैजना रावल समूह इतरका उम्मेदवार हुन् रावललाई कमजोर बनाउन तीन उम्मेदवारलाई मिलाउन नेताहरू लागिपरेका छन्। सुदूरपश्चिममा ओली निकट कर्ण थापा, लेखराज भट्ट र दामोदर भण्डारीको छुट्टाछुट्टै गुट छ।

ओलीकै निर्देशनमा अहिले भट्टको समर्थनमा रहेका बचनबहादुर सिंह र दामोदर भण्डारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका कमलबहादुर तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराउन नेताहरू लागेका छन्।

एमाले स्रोतका नुसार कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन लागेका छन्। रावल पक्ष नेताहरू यो निर्णय मान्न तयार छैनन्। सर्वसम्मत हुन नदिने भए साउदमै सर्वसम्मति हुनुपर्ने रावल पक्ष नेताहरूको माग छ।

रावल समर्थित प्रतिनिधिहरू भने आफ्नो समूहलाई निषेध गर्ने गरी अभ्यास भइरहेको भन्दै अध्यक्षको प्यानलैसहित मतदानमा जाने तयारी भइरहेको बताइरहेका छन् । ओली पक्षले रावललाई कमजोर बनाउन उनकै गृहजिल्लाका जैसीलाई अगाडि सारेको छ। जैसी रावलको गृहजिल्ला अछामकै नेता हुन्।

अछामको मत विभाजन गरेर सके सर्वसम्मत नसके बहुमतका आधारमा प्रदेश अध्यक्ष बनाउने ओली पक्षको चाहना छ। रावललाई एमालेले प्रदेश अधिवेशनमा समेत निमन्त्रणा गरेन । रावललाई नबोलाइएपछि ओलीले भाषण गर्ने बेला एमाले कार्यकर्ताले हुटिङ गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button