मधेसराजनीतिसमाचार

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजिनामा

राजकुमार यदव ( रौतहट )

आम जनता पार्टी नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको भनी राजीनामा दिएका छन । सोमबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् ।

आफ्नो विभिन्न स्वार्थ त्याग गरी आजपा र प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उहाँको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको आजपा नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले सोमबार आफ्नो समाजिक संजाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन ।

प्रभु साहसँग जनयुद्ध कालदेखि लामो राजनीति यात्रा गर्दै आएका माधव नारायण नगरपालिका वडा नं ५ निवासी उपेन्द्र साहले विगतको दिनमा पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज र नेकपा एमालेबाट समानुपातिक सदस्य समेत त्याग गरी आम जनता पार्टीमा लागेका थिए ।

२०७४ सालको प्रथम स्थानीय तहको चुनावमा नेता साहको श्रीमती सिमल कुमारी साह माधव नारायण नगरपालिकाकी उपमेयर पदमा विजयी भएको थियो । त्यसबेला नेकपा एमालेबाट कार्वाही समेत प्रभु साहको कारण खेप्नुपरेको आम जनता पार्टी त्याग गरि आम जनता हुनु भएका उपेन्द्र साहले बताए ।

आजपा परित्याग गरी एमालेमा प्रवेश गरेका कुन्दन कुशवाहाले उपेन्द्र साहको घोषणा गर्नु भन्दा पहिला नै एक जना वरिष्ठ नेता आम जनता पार्टीबाट राजीनामा दिदैछ भने समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको थियो । उक्त पोष्ट लाई लिएर आजपाका नेताले फेसबुकमा कुशवाहाको आलोचना सुरु गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाको पोष्टले साह एमालेमा जाने संकेत गरेको अनुमान गरिएको छ । तर साह कुन पार्टीमा प्रवेश गर्ने खुलाएका छैन । उनको राजीनामा संगै जिल्लाको राजनीतिमा निकै चर्चा परिचर्चा हुन थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button