बंगलादेशमा पत्रकारलाई नै चिडियाघरको जस्तो व्यवहार

तेस्रो विश्वमा मानव अधिकार नारामा सीमित

58

मलाई चिडियाघरको जनावरको जस्तो व्यवहार गरियो । मेरो आँखामा पट्टी बाँधिएको थियो । पछाडिबाट मेरो हतकडी फुकाएको खाना खानका लागि मात्र हो’ काजोल नामले परिचित बङ्गलादेशका पत्रकार सफिकुल इस्लाम काजोलले आफूलाई ५३ दिनको कठोर यातना सहित गायब बनाइएको समय सम्झँदै भनेका छन् ।

‘मलाई सोधपुछ गर्नु भन्दा अगाडि मलाई बेस्सरी पिटियो । त्यो कति पीडादायी थियो भन्ने म वर्णन गर्न पनि सक्दिनँ’ उनले भने ‘ उनीहरूलाई मलाई मैले लेखेको कथाको बारे सोधे। मैले धेरै यातना सहे र पनि बोल्ने प्रयास गरी रहेँ ।’

काजोलकै अनुसार बङ्गलादेशमा मानव अधिकारको कुने सीमा छैन । आफ्नो कुरा राख्न पनि गोप्य स्थानको खोजी गर्नु पर्ने हुन्छ । बङ्गलादेशमा मानव अधिकार दिवसकै दिन शनिवार सरकार विरुद्ध प्रदर्शन गरी रहेका बङ्गलादेश नेसनल पार्टी (बीएनपी) का कार्यकर्तासँग सुरक्षा निकायको झडप भइरहेको थियो ।

बीएनपीले नै सडकमा सेख हसिना बाजेदले नेतृत्व गरेको सरकार र आवामी लिग पार्टीको विरुद्धमा प्रदर्शन जारी छ । निष्पक्ष निर्वाचनको साथै जन जीवनको बारे र जीवन यापनमा भोगेको कठिनाइका बारे आन्दोलनको मुद्दा उठी रहेको छ । प्रदर्शनमा विरोधीहरू माथि सिङ्गो आक्रमण भएको थियो । बङ्गलादेश सरकारले भने स्वतन्त्रताको हनन भएको कुरा अस्वीकार गरेको छ ।

बङ्गलादेशका विदेश मन्त्री अब्दुल मामेनले आफ्नो देश मानव अधिकारको सवालमा प्रतिबद्ध भएको बताएका छन् । उनकै विचारमा सन् १९७१ मा पाकिस्तानसँग युद्ध गरेर विभाजित भए पछि बङ्गलादेशले सधैँ मानव अधिकारको पक्षमा आफूमा दृढतापूर्वक उभ्याएको उनको जिकिर छ ।

सन् २०२० को मार्चमा काजोल हराए पछि संयुक्त राष्ट्र सङ्घ लगायत निकायले वक्तव्य जारी गरेका थिए । खोजमूलक पत्रकार सफिकुल इस्लाम काजोललाई निसाना बनाउनुले बङ्गलादेशमा प्रेस स्वतन्त्रता र मानव अधिकारको सवालमा प्रतिवद्धताका बारे प्रशस्त प्रश्न उठेका छन् ।

गिरफ्तार हुनु एक दिन अगाडि काजोलले यौन गतिविधि र धन्दा गराउनमा राजनीतिकर्मीकै भूमिका रहेको खोजमूलक र सनसनीपूर्ण समाचार प्रकाशमा ल्याएका थिए । त्यस पछि आवामी लिगका कार्यकर्ताले उनी सहित अन्य धेरै जना माथि मुद्दा दायर गरेका थिए ।

 अर्को दिन छोरालाई विद्यालय छाडेर मोटरसाइकलमा कार्यालय तर्फ गई रहेका उनी माथि ८ या १० जनाले धेरै जनाले पिछा गरी रहेको कुरा बताएका थिए । उनलाई मिनी भ्यानमा कोचेर कतै अन्डरग्राउन्ड सेलमा लगेर राखिएको थियो ।

त्यस पछि काजोल माथि ६ या सात घण्टा लगाएर सोधपुछ गरिएको थियो । त्यो स्क्यान्डललाई बाहिर ल्याएको विषयमा धेरै नै आक्रोश थियो । उनी अहिले पनि त्यस घटनालाई त्रासदीय स्मरण भन्न रुचाउँछन् ।

बङ्गलादेशका विदेश मन्त्रीको दाबी भने फरक छ । उनले केही महिलाको तस्बिर खिचेको र ह्यारेसमेन्ट गरेको आरोपमा काजोललाई गिरफ्तार गरिएको हो । ती महिलाले प्रशासनमा काजोलको विरुद्ध मुद्दा दर्ता गरेको विदेश मन्त्री बताउँछन् । त्यस पछि नै प्रशासनले उनलाई गिरफ्तार गरेर नियम पूर्वक छानबिन गरेको मन्त्रीको दाबी हो ।

काजोललाई यातना गृहमा ५० दिन राखिएको कुरालाई समेत मन्त्रीले अस्वीकार गरेका छन् । ह्युमनराइट वाचले भने बङ्गलादेशमा भिन्न र गोप्य रूपमा यातना गृह सञ्चालन भएको जनाएको छ । सरकारले छानबिनको घेरामा राखेको जो कोहीलाई पनि त्यहाँ लैजाने सम्भावना रहेको छ ।

‘हामीले बुझे अनुसार त्यहाँ धेरैलाई अन्डरग्राउन्ड गरिएको हुन्छ । त्यहाँ थोरै मात्र प्राकृतिक प्रकाश हुन्छ । कुनै व्यक्तिले त्यहाँ अन्य व्यक्तिको आवाज सुनिरहेको हुन्छ ‘ ह्युमन राइट वाचकी दक्षिण एसियाली निर्देशक मिनाक्षी गाङ्गुलीले भनेकी छिन् ।

 काजोलकै हकमा भन्ने हो भने उनलाई गिरफ्तार गरिएको अर्को महिना उनलाई अर्कै सेलमा लगिएको थियो । त्यो भने जमिन मुनी थिएन । त्यो भारतीय सीमा क्षेत्र नजिक थियो । उनको आँखाको पट्टी भने त्यहाँ खोलिएको थिएन । त्यहाँबाट उनलाई लगेर २ सय ३७ दिन जेलमा राखियो । १३ अपिल पछि उनलाई डिसेम्बर २०२०मा धरौटीमा छाडिएको थियो ।

बङ्गलादेशको विद्युतीय सुरक्षा ऐन अनुसार उनलाई मानहानिको मुद्दा चलाइएको हो । समीक्षकहरूका अनुसार यो कानुन अत्यन्त कठोर छ । फेसबुकमा फोटो सेयर गरेको लगायत विषयमा पनि कडा सजाय हुने त्यहाँको कानुनी प्रावधान नै छ । सन् २०१८ मा यो ऐन लागू भए पछि धेरै जना कारबाहीमा परेका थिए ।

ह्युमन राइट वाचकै अनुसार काजोल माथि सरकार विरोधी कदमलाई निरुत्साहित गर्न चलाखीपूर्ण ढङ्गले काजोल माथि मुद्दा चलाइएको हो । बङ्गलादेशको सुरक्षा निकायले सन् २००९ यता करिब ६ सय जनालाई त बेपत्ता नै बनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको एउटा कार्यदलले अगस्ट २०२२ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७२ जनालाई बेपत्ता बनाइएको थियो । तीनको खबर अझै कसैलाई पनि छैन । विदेश मन्त्री मामेन सो तथ्याङ्कलाई समेत अस्वीकार गर्छन् । उनी यसलाई कुनै राजनीतिक दलले पूर्वाग्रही ढङ्गले विदेशीलाई प्रयोग गरेर यो रिपोर्ट तयार गरेको आरोप लगाउन चाहन्छन् । सरकारले जत्ति सुकै दाबी गरे पनि वर्षौँ देखि आफ्ना प्रिय आफन्तको पर्खाइमा बसेकाको आँसुले यो तथ्यलाई बारम्बार पुष्टि गरेको छ की सरकार झुट छ मानव अधिकारवादी सही छन् ।

विपक्षी बीएनपीका कार्यकर्ता सजदुल इस्लाम सुलम सन् २०१३ यता देखिएका छैनन् । सन् २०१४ को जनवरीमा आम निर्वाचन हुनु केही साता अगाडि मात्र आवामी लिगबाट आफ्नो परिवारलाई कुने असर नहोस् भन्नका खातिर उनी टाढा कतै बस्ने भनेर गएका थिए ।

एक पटक पारा मिलिटरी रेपिड एक्सन बटालियन (आरएबी) का व्यक्तिहरूले उनलाई कालो पट्टी बाँधेर लिएर कतै गएको देखेको कुरा परिवारसम्म आइ पुगेको छ । एक पटक कान्छी छोरी आर्भाको मुख हेर्न भनेर उनलाई अवसर दिइएको थियो । त्यसै समयमा बहिनी सन्जिदाले दाजुलाई देखेकी रहिछिन् ।
त्यसै समयमा सान्जिदाले जाडो महिनामा भनेर एउटा एउटा हुड दिएकी रहिछिने न। दाजुले त्यो हुड लगाउन पाए या पाएनन् भन्ने कुराको पनि उनलाई कुनै अत्तो पत्तो छैन ।

आर्भा अहिले १० वर्षकी भइन् । उनले समय समयमा बाबुको तस्बिर हेरेर मई खाएको दृश्यले जो कोहीलाई पनि भावुक बनाउँछ । सन्जिदाले अहिले एउटा नेटवर्क मायर डाक सञ्चालन गरेकी छिन् । यसमा आफ्नो दाजु, श्रीमान् या बाबु गुमाएका धेरै महिला समावेश छन् । धेरै जनाले परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति गुमाएका छन् । यसै कारण उनीहरूलाई मानसिक पिडाका साथै जीवन यापनको समस्या पनि उत्तिकै छ ।

बङ्गलादेशका अहिले सन्जिदा लगायत महिला त्यसै नेटवर्कको माध्यमबाट एकत्रित हुँदै सरकार विरोधी प्रदर्शन गर्ने तयारीमा छन् ।
सन्जिदा लगायत धेरैले प्रहरीमा उजुरी गर्ने प्रयास नगरेका होइनन् । उनीहरूको निवेदन र अपिल समेत दर्ता भएन । उनकी आमा ७० वर्ष पार भइसकेकी छिन् । हरेक महिना उनी छोराका खोजी गरिदिन प्रहरी कहाँ पुग्ने गरेकी छिन् । त्यो प्रयास पुरा हुने त कुरै भएन । यसका बाबजुद त्यो परिवारले आशा गुमाएको छैन ।

तीन दिन अगाडि १९ डिसेम्बरका दिन ७५ औ मानव अधिकार दिवस संसार भर मनाइएको छ । यो वर्ष, डिग्नीटी, फ्रिडम एन्ड जस्टिस फर अलको मुख्य नारा सहित मनाइएको छ । नारा त्यसो भए पनि बङ्गलादेश लगायत तेस्रो वर्षको समस्या ज्युको त्युँ नै छ । सायद यसको समाधान अझ लामो समय हुने बाटोमा गएको छैन ।

(स्रोत : बीबीसी)

Leave A Reply

Your email address will not be published.