राजनीतिसमाचार

देवताल गाउँपालिका वडा नं.४ नेपाली कांग्रेस पार्टीको घर दैलो कार्यक्रम सुरु 

 

श्यामल कुमार गिरी

१७ बैशाख बारा । नेपाल सरकारले घोषणा गरेको बैशाख ३० स्थानिय निर्वाचनको लागी देवताल गाउँपालिका वडा नं.४ वडाध्यक्ष पदका प्रत्याशी ललन यादवले।

 

प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।ललन यादवले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन ।

 

घरदैलो कार्यक्रममा वडा नं. ४ का पुर्व टोल , दक्षिन टोल , पक्षिम टोल र उतर टोल लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ l

 

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनता हर्सोल्लासका साथ नेपाली कांग्रेस लाई साथ र सहयोग गर्ने शिक्षित वर्गको चाहना, अशिक्षित वर्गको माग, समग्र विकासको लागि युवा को चाहना ललन यादव नाराको साथ स्थानियहरुमा उत्साह जागेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button