चित्रगुप्त पुजा आइतवार, विहान ५:४५ देखि राती १० बजेर २१ मिनट सम्म मनाइने

कलैयाबारा।

चित्रगुप्त पूजा हिंदू कैलेंडरको अनुसार हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात आदिको पनि पूजा गर्ने गर्छन्। कार्तिक शुक्ल द्वितीया तिथिको प्रारंभ: आइतवार, विहान ५:४५ देखि राती १० बजेर २१ मिनट सम्म रहने भएकोले सोही आधारमा चित्रगुप्त पूजा आइतवारका दिन मनाउने जनाइएको चित्र गुप्त समाज बाराका अध्यक्ष विनोद मालिकले जनाएका छन्।

चित्रगुप्त पूजा सामग्री
भगवान चित्रगुप्तको तस्वीर वा मूर्ति, सेतो कागज, कलम, दवात, खाताबही, पीले वस्त्र, अक्षत्, फूल, माला, चंदन, कपूर, तुलसी के पत्ते, गंगाजल, शहद, धूप, दीप, नैवेद्य, मिठाई, फल, पान, सुपारी, तिल, पहेलो सरसों आदि।

चित्रगुप्त प्रार्थना मंत्र

मसिभाजनसंयुक्तं ध्यायेत्तं च महाबलम्। लेखिनीपट्टिकाहस्तं चित्रगुप्तं नमाम्यहम्।।

चित्रगुप्त पूजा मंत्र

ओम श्री चित्रगुप्ताय नमः

चित्रगुप्त पूजा की सही विधि
शुभ मुहूर्तमा पूजा स्थान पर पूर्व दिशामा एक चौक बनाएर त्यहा एक  राखाट राखेर चित्रगुप्त महाराजको मूर्ति तस्वीर लाई स्थापित गरी नया कलम, दवात र खाताबही राख्नु पर्छ। ततपश्चात पंचामृत बाट चित्रगुप्त महाराज लाई अभिषेक गरी अक्षत्, फूल, माला, चंदन, वस्त्र, फल, धूप, दीप, नैवेद्य आदि चढ़ाएर पूजाको समय मंत्र वाचन गरी कलम, खाताबही र दवात लाई पनि पुजा गरिन्छ।

खाताबहीको पहिलो पन्नामा स्वास्तिक बनाएर श्री गणेशाय नम: लेखी सेतो कागजमा ओम चित्रगुप्ताय नमः मंत्र लाई ११ चोटी लेखी कागज लाई चित्रगुप्त महाराज लाई चढाइन्छ र त्यस पछि चित्रगुप्त जी को आरती गरिन्छ। तत पश्चात व्यपारमा उन्नति र परिवारमा खुशहालीका लागि प्रार्थना गरिन्छ।

चित्रगुप्त पूजाको महत्व
धार्मिक मान्यताको अनुसार चित्रगुप्त भगवान मनुष्यको कर्मको लेखा-जोखा राख्ने गर्छन त्यसकारण चित्रगुप्त पूजाको अवसरमा कलम, दवात, खाताबही लाई पूजा गर्ने विधान रहेको छ। चित्रगुप्त भगवानको कृपाले बिजनेसमा उन्नति हुन्छ र बुद्धि, वाणीको प्रभाव बढ़ने गर्दाछ भन्ने मान्यता रहेको छ। दिपावली बाट चित्रगुप्त पूजाको दिन सम्म कायस्थ समाजले लेखा-जोखा नगर्ने चलन रहेको मान्यता रहिआएको थियो तर आज भोली पुजाको दिनमात्र लेखा-जोखा नगर्ने चलन रहेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *