मधेसस्थानीय

वीरगञ्जमा युवकमाथि आक्रमण, हत्या प्रयासको आरोप

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय मकबुल अलीमाथि शुक्रबार साँझ आक्रमण भएको छ। आक्रमणमा परि गम्भीर घाइते भएका मकबुल हाल नारायणी अस्पतालमा उपचाररत छन्। परिवारजनले आक्रमणकारीहरूले मकबुलको हत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

मकबुलका परिवारका अनुसार आक्रमणकारीहरू वीरगञ्ज वडा नम्बर १६ इनर्वाका मुम्ताज मिया तेली, रेयाज मिया तेली सहित तीन जना रहेको जानकारी दिएका छन्। यस घटनामा संलग्न व्यक्तिहरूले मकबुलसँग रहेको ५० हजार नगद र सुनको सिक्री लुटेको आरोपसमेत परिवारले लगाएका छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले घटनाबारे आफूलाई कुनै जानकारी नभएको भन्दै बुझेर जानकारी दिने प्रतिक्रिया दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button