राजनीतिराष्ट्रियसमाचार

अर्को तीन वर्ष ओली-देउवाकै शासन चलाउँदा देशको हाल के होला : रविको प्रश्न

कार्तिक १७ काठमाडौं___ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कात्तिक ३ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले काठमाडौंबाट कास्की पुगेर सभापति लामिछानेलाई हिरासतमा भेट गरेको खुलाएका छन् ।हिरासतमा रविसँगको भेटबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिइएको खुलाएका छन् ।

‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि लामिछानेजीसँग हिजो साँझ भेट भयो’, उनले भने, ‘सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको, र मनोबल उच्च रहेको पाएँ ।’ उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि बताएका छन्। त्यस क्रममा लामिछानेले अझै पनि पुराना नेताको आसपासमा देश चल्दा बेहाल हुने बताएको वाग्लेले उल्लेख गरे ।

उनले अगाडि भनेका छन्, ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ रविजीले सोध्नु भएको छ। लामिछानेको उक्त प्रश्नको जवाफमा फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको पनि वाग्लेले बताए ।उनले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने आवश्यकता देखिएको पनि उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button