आतंकवादको उच्च जोखिममा रहेका पाकिस्तानको यात्रा नगर्न नागरिकहरुलाई बेलायती सरकारको चेतावनी

107
बेलायत, एजेन्सी । पाकिस्तानमा आतंकवादको उच्च जोखिममा रहेको हुँदा पाकिस्तानको भ्रमण नगर्न आफना नागरिकहरुलाई बेलायती सरकारले दिशानिर्देश जारी गरेको छ ।
बेलायतले आतंकवादको जोखिमलाई मुख्य कारकको रूपमा उद्धृत गर्दै पाकिस्तान भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि अद्यावधिक यात्रा दिशानिर्देशहरू जारी गरेको हो ।
“पाकिस्तानमा इस्लामाबाद, रावलपिंडी, लाहोर र कराँचीका प्रमुख सहरहरू सहित आतंकवाद, अपहरण र साम्प्रदायिक हिंसाको उच्च खतरा छ,” यात्रा सल्लाहमा भनिएको छ । बेलायतले नागरिकहरूलाई सबै भीड र सार्वजनिक कार्यक्रमहरूबाट जोगिनुपर्ने तथा सकभर यात्रा नगर्न नागरिकहरुलाई निर्देशन दिइएको बताइएको छ । एएनआई ।
Leave a comment