अन्तराष्ट्रिय

काठमाण्डौंमा पक्राउ परेका चीनियाँ नागरिक अन्तरदेशीय अपराधी भएको आशंका

जेठ २२ गते त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका चीनियाँ नागरिक फेङचेङ वेन अन्तरदेशीय अपराधमा संलग्न भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

जेठ २० गते नेपाल आएका उनी जेठ २२ गते मलेसियाको राजधानी क्वालालम्पुर जाने क्रममा विभिन्न देशको गरी करिव ६० लखा रुपैयाँसहित पक्राउ परेका हुन। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट विभिन्न मुलुकका अवैध मुद्रा फेला परेको थियो।

प्रहरीका अनुसार उनको साथबाट नेपाली रुपैयाँ ९ लाख ८ हजार, भियतनामी मुद्रा ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ८ हजार ४ सय ६०, लावसियन मुद्रा २ लाख ५० हजार, सिङ्गापुर डलर २ सय ४२, मलेसियन रिङ्गेट ३ सय ५१, चिनियाँँ २१ युआन, अमेरिकी डलर २ हजार र थाई भाट १ लाख १३ हजार बरामद गरेको थियो ।

प्रहरीले फेङचेङ वेनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ । राजस्व अनुसन्धान विभागले भने विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान थालेको छ । विभागको अनुसन्धानबाट फेङचेङले सिटिजन्स बैंक इन्टरनेसनलमा १ करोड २ लाख रुपैयाँ डिपोजिट गरेको समेत देखिएको छ ।

उनीसँग नगदबाहेक बैंकमा समेत १ करोड २ लाख रुपैयाँ डिपोजिट गरेको देखिएको छ । उनले प्रहरी र विभागका कर्मचारीसँग बयानमा कुनै कुरा बताएका छैनन् । दोभाषेको प्रयोग गर्दासमेत उनले बोल्न अस्वीकार गरेको विभागले जनाएको छ।

प्रहरीले उनको मोबाइलको पनि अनुसन्धान थालेको छ । पछिल्लो समय चिनियाँ नागरिकले नेपाललाई आपराधिक थलोको रूपमा प्रयोग गरेर आपराधिक गतिविधि बढाएको प्रहरीको तथ्यांकले देखाएको छ । नेपालआज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button