अनिलकुमार झालाई जिताउन कांग्रेस नेता निधिले कार्यकर्तालाई गरे आग्रह

71

नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधीले पाँच दलीय गठबन्धनबाट धनुषा– ३ मा उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झालाई जिताउनका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

काठमाण्डौँबाट सोमवार जनकपुरधाम आईपुगेका पूर्वगृहमन्त्री समेत रहेका नेता निधिले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।नेता निधिले गठबन्धनका उम्मेदवार रहेका अनिल कुमार झालाई जिताउनका लागि पार्टी, कार्यकर्ता र हामीले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘ अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ, यसका लागि हामीले जस्तोसुकै सहयोग गर्न तयार छौँ ।

’उनले अबदेखि आफु गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भवरुपमा लागि पर्ने बताए । उनले यसका लागि अबदेखि आफु चुनावसम्म जनकपुरधाममै रहने समेत घोषणा गरे ।उनले भने, ‘चुनावसम्म आफु जनकपुरधाममै रहने र यहाँ रहेर गठबन्धनकै उम्मेदवारलाई जिताएर मात्रै फर्किनेछु ।’

उनलाई स्वागत गर्नका लागि पूर्वमन्त्री समेत रहेका धनुषा– ३ का आकांक्षी उम्मेदवार अनिलकुमार झा, आकांक्षी उम्मेदवार प्रदेशसभा सदस्य समेत रहेका पूर्वमन्त्री रामसरोज यादवलगायत काँग्रेस, लोसपासहित पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave a comment