भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित, कंग्रेसकाे नेतृत्व गान्धी परिवारबाट बाहिर गयाे

79

एजेन्सी ।
भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षका मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ । आज बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उहाँका प्रतिस्पर्धी शशि थरुरले एक हजार ७२ मत प्राप्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अध्यक्षमा निर्वाचित खड्गे ८० वर्षका हुनुहुन्छ । थरुरले ट्वीट गरेर हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । तर यो चुनावमा गान्धी परिवारले दलित समुदायका खड्गेलाई नै सघाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । यसअघि सन् २००० मा भएको चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हाल्नुभएको थियो । भारतीय कांग्रेसको एक सय ३७ वर्षीय इतिहासमा यो छैटौँ चुनाव हो ।

Leave a comment