मलेसिया बिशेषसमाचारसमाज

मलेसियाको पेनाङ शहरमा २ दिने कन्सुलर सेवा सम्पन्न ।

मलेसिया :=नेपाली दूतावास, क्वालालम्पुर- मलेसियाले नेपालीहरुको उल्लेखनीय संख्या भएका शहरहरुमा घुम्ती पासपोर्ट र कन्सुलर सेवा उपलब्ध गराउने कार्यक्रम अन्तर्गत २२ र २३ फेव्रुवरीमा मलेसियाको पेनाङ्ग शहरमा ( पेनाङ्ग राज्य) ४५२ जनाको पासपोर्ट बनाउने काम सम्पन्न भएको छ। 

उक्त कार्यक्रमको व्यवस्थापन गर्ने पेनाङ्गमा बस्ने नेपालीहरुले गठन गरेको संस्था जन उद्धार केन्द्रले सहयोग गरेको थियो। २२ फेव्रुवरीको पासपोर्ट बनाउने कार्यक्रम पछि साझमा जन उद्धार केन्द्र्का पदाधिकारी र सदस्य र घुम्ती सेवा दिन नेपाली दूतावास क्वालालम्पुरवाट जानू भएका पदाधिकारी र कर्मचारी साथीहरु विच अन्तर्कृया कार्यक्रम सम्पन्न भयो।

जन उद्धार केन्द्रका अध्यक्ष श्री केशु थापाले मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावाससङ्ग मलेसिया स्थित नेपाली श्रमिकहरुको हक हितको संरक्षण र अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार कार्यमा लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमा पनि नेपाली श्रमिकहरुको हकहित संरक्षण र उद्दारका लागि काम गर्ने कुरा वताउनु भयो। 

कतिपय नेपाली श्रमिकहरु म्यानपावर व्यवसायीवाट ठगिने गरेको, रोजगारदातावाट सम्झौतामा भएको ज्याला नदिने गरेको, बिरामी पर्दा उचित उपचारको अभाव हुने गरेको, घर परिवारवाट टाढा हुँदा न्याश्रीने र एकोहोरो बन्ने जस्ता समस्या हुने गरेको अन्तरकृयामा जन उद्धार केन्द्रका सदस्यहरुले बताउनु भयो। 

मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले जन उद्धार केन्द्रलाई घुम्ती सेवा प्रदान गर्ने क्रममा व्यवस्थापन गर्न सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भयो। साथै जन उद्धार केन्द्रले अप्ठ्यारोमा परेका नेपाली श्रमिकलाई उद्दार गरि नेपाल फर्काइ परिवारसङ्ग पुनर्मिलन गराउने र परिवारको पहिचान हुन नसकेकालाइ मानव सेवा आश्रमसङ्ग जोडि मानविय उद्धार कार्य गर्नु भएकोमा केन्द्रको काम प्रती नेपाली दूतावास तर्फबाट धन्यवाद दिनु भयो।

आफ्नो कामवाट समय बचत गरि निस्वार्थ मानविय सेवा गर्नु भएकोमा उक्त सेवाको उच्च मुल्यांकन हुने कुरा डा. तिम्सिनाले बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button