अन्तराष्ट्रिय

चिनियाँ नाकामा अड्किएका सामान ल्याउन पहल गरिदिन आग्रह

काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालीहरूको ठुलो चाड दसैँ नजिएको तर दसैँमा बेच्नु पर्ने सामान नाकामै रोकिंदा अर्बौंका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताए ।
‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सयौँ मालवाहक कन्टेनरहरू नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौंका सामानहरू सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’

महासंघले यी समस्याहरू तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरू बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button