अन्तराष्ट्रिय

भारतले गरे चीन माथि एहसान, भारतद्धारा चिनियाँ जहाज रेस्क्यू

एजेन्सी । हिन्द महासागरमा चिनियाँ जहाज डुबेपछि भारतले मानविय धर्मको निर्वाह गर्दै चालक दलका सदस्यहरुलाई सफल रुपमा रेस्क्यू गरेका छन् ।
भारतले चिनियाँ जहाज रेस्क्यू गरेपछि चीनले भारतलाई धन्यवाद दिएका हुन् ।
चिनियाँ माछा मार्ने जहाज लु पेंग युआन यू ०२८ लाई जहाजमा ३९ जना चालक दलका सदस्य सहित डुबेपछि भारतीय नौसेनाले दक्षिणी हिन्द महासागर क्षेत्रमा आफ्नो एयर एमआर सम्पत्ति तैनाथ गरेर रेस्क्यू गरेपछि चीनले भारतलाई धन्यवाद दिएको हो ।
“समयमै सहयोगको साँच्चै कदर गर्दछु,” चिनियाँ दूतावासले ट्वीट मार्फत यसरी भारतलाई धन्यवाद दिएको छ । भारतीय नौसेनाले चालक दलका सदस्यहरूको खोजी र उद्धारमा सहयोग गरेको थियो ।
एजेन्सी ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button