मधेससमाचारसमाज

प्रसौनी गाउँपालिकामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न।

प्रसौनी, बारा ।
शुभ दीपावली तथा छठ पर्वको शुभ अवसरमा प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैस्वारको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात वडा नं. १ का अध्यक्ष लालबाबु मुखियाले स्वागत मन्तव्यद्वारा गरेका थिए। उनले उपस्थित अतिथि, जनप्रतिनिधि र स्थानीय सहभागीहरूलाई स्वागत गर्दै पर्वले आपसी सद्भाव र एकताको सन्देश दिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नेकपा प्रसौनी गाउँपालिका समिति संयोजक नाजिर हुसेन अन्सारीले शुभकामना मन्तव्य दिँदै पार्टीभित्रको एकता, सहकार्य र सामाजिक सद्भावको महत्वमा जोड दिए। त्यस्तै सुनिल पालले सामाजिक एकता र सहकार्यको आवश्यकता औंल्याउँदै समाजिक विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।

मोबिन आलमले देशको वर्तमान राजनीतिक अवस्थामाथि टिप्पणी गर्दै पार्टीभित्रको संगठनात्मक एकता सुदृढ गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका विशेष अतिथि प्रदेश सभा सदस्य देवानारायण चौधरीले दीपावली र छठ पर्वले समाजमा सहिष्णुता, मेलमिलाप र आपसी सद्भाव फैलाउने अवसर प्रदान गर्ने बताए। त्यस्तै, बारा क्षेत्र नं. ४ का पूर्व सभा सदस्य राम इकबाल मियाँले शुभकामना मन्तव्य दिँदै स्थानीय विकासका विषयमा सबैको ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका प्रमुख बिनोद प्रसाद जैस्वारले समापन मन्तव्यमा गाउँपालिकाका प्रमुख समस्या, आगामी योजनाहरू र विकासका प्राथमिकताबारे जानकारी दिँदै भने,

“सहकार्य र एकताबाट मात्र समृद्ध प्रसौनी गाउँपालिकाको निर्माण सम्भव छ।”

कार्यक्रम सम्पन्न भएको जानकारी सन्दीप यादवले दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button