Modern technology gives us many things.

आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम शुरु

100

फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम दिइएको छ ।

माघ २४ गते देखि भएको तालिम २६ गते सम्म चल्नेछ । तालिमको उद्घाटन कार्यक्रमका कार्यक्रम अध्यक्ष फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारी, प्रमुख अथिति प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले गरेका थिए ।

कार्यक्रममा कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहाले आवश्यकता अनुसारको तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले आय आर्जन सम्बन्धि बैमौसमी तरकारी खेती गर्नका लागि सीप प्रदान गरिएको बताए । तालिममा सहभागी सदस्यहरुलाई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो व्यवसाय बढाउन उनले सुझाव दिए ।

त्यस्तै कार्यक्रम अध्यक्ष अंसारीले उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु जरुरत रहेको बताए । उनले यस तालिमबाट व्यवसायिक क्षमता अभिवृद्धि भई सहभागीको आम्दानीमा सुधार हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका उप-प्रमुख निलम साह, अतिथी लेखा शाखा प्रमुख भोला प्रसाद यादव, इन्जिनियर जाकिर हुसेन अंसारी, प्रशिक्षक कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत राजवंशी प्रसाद चौरसिया र परवानीपुर गाउँपालिकाका कृषि अधिकृत रामबहादुर कुशवाहा लगायत ३० जना कृषकहरूको सहभागिता रहेको थि

यो।

Leave a comment