आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम शुरु

66

फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा आय आर्जन सम्बन्धि बेमौसमी तरकारी खेती तालिम दिइएको छ ।

माघ २४ गते देखि भएको तालिम २६ गते सम्म चल्नेछ । तालिमको उद्घाटन कार्यक्रमका कार्यक्रम अध्यक्ष फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारी, प्रमुख अथिति प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले गरेका थिए ।

कार्यक्रममा कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहाले आवश्यकता अनुसारको तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले आय आर्जन सम्बन्धि बैमौसमी तरकारी खेती गर्नका लागि सीप प्रदान गरिएको बताए । तालिममा सहभागी सदस्यहरुलाई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो व्यवसाय बढाउन उनले सुझाव दिए ।

त्यस्तै कार्यक्रम अध्यक्ष अंसारीले उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु जरुरत रहेको बताए । उनले यस तालिमबाट व्यवसायिक क्षमता अभिवृद्धि भई सहभागीको आम्दानीमा सुधार हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका उप-प्रमुख निलम साह, अतिथी लेखा शाखा प्रमुख भोला प्रसाद यादव, इन्जिनियर जाकिर हुसेन अंसारी, प्रशिक्षक कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत राजवंशी प्रसाद चौरसिया र परवानीपुर गाउँपालिकाका कृषि अधिकृत रामबहादुर कुशवाहा लगायत ३० जना कृषकहरूको सहभागिता रहेको थि

यो।

Leave a comment