Modern technology gives us many things.

चुनाव चिन्ह कमिज (जामा) छाप बाट डा. अंसारीको लोकप्रियता बढ्दै

186

कलैया, बारा।

चुनाव चिन्ह कमिज (जामा) छाप बाट डा. अंसारीको लोकप्रियता बढ्दै गरेको शुभचिन्तकहरुले बताउने गरेका छन्। डा. कमरुल्लाह अंसारी बाराको निर्वाचन क्षेत्र न.१को (ख) बाट प्रदेश सभा सदस्यबाट उम्मेदवारी दिए संगै उनको चर्चा बढ्न थालेको स्थानीयहरुले बताउने गरेका छन्।

सबै उम्मेदवारहरु भन्दा डा. अंसारीको जीतको सम्भावना मजबुत हुदै गएको खास गरि शिक्षित वर्गहरुको सोच रहेको युवा तथा बुजुर्गहरुको भनाइ रहेको छ। डा. अंसारीले सानो ठुलोको कुनै भेदभाव नगरी सबै लाई सम्मान गर्ने गरेको व्यवहारले गर्दा सबैको रुझान उनलाई नै निर्वाचित गराउने भएको स्थानीयहरुले बताउने गरेका छन्।

मानव मानव बिचको मानवता, मानवीय व्यवहार गर्ने गरेको तथा निजि स्वार्थमा सिमित नरहि सबैको हकहितमा सोच राख्ने विचार भएकोले अंसारीको रुझान बढ्न थालेको युवाहरुको बुझाई रहेको छ। डा. अंसारीले कमिज (जामा) छापमा स्वस्तिक चिन्ह लगाएर तपाई आफ्नो जित सुनिश्चित गर्न आग्रह गरेका छन्।

Leave a comment