Year: 2026
-

विकासलाई निरन्तरता र अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित रामबाबु यादवको चुनावी अभियान
कलैया , १५ फागुन आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार तथा पूर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव ले निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुको उद्देश्य स्पष्ट पारेका छन्। उनले आफ्नो अघिल्लो कार्यकालमा सम्पन्न विकास आयोजनाको संरक्षण गर्ने, अधुरा रहेका योजनालाई पूर्णता दिने तथा क्षेत्रको समग्र…
-

जीतपुरका वडामा रास्वपा उम्मेदवार इन्जिनियर अरविन्द शाहको घरदैलो, मतदाताबाट उत्साहजनक स्वागत
बारा, १५ फागुन आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई लक्षित गर्दै बारा क्षेत्र नं ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द शाह ले जीतपुर नगरपालिकाका वडा नम्बर ११, १४ र १५ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। घरदैलोका…
-

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले जसपा उम्मेदवार रामबाबु यादवको पक्षमा मतदान गर्न आग्रह
बारा , १५ फागुन आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार रामबाबु यादव को चुनावी अभियानमा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल ले समर्थन जनाउँदै मतदान गर्न आग्रह गरेका छन्। शुक्रबार फेटा गाउँपालिका–७ गम्हरियामा आयोजना गरिएको कोण सभामा संबोधन गर्दै सोनलले जनताको सुख–दुःखमा सधैं खटिने र जनसेवामा समर्पित नेता…
-

कलैयाका टोल–टोलमा प्रमोद गुप्ताको घरदैलो, युवा नेतृत्व र परिवर्तनको एजेन्डामा मतदाताको आकर्षण
बारा, १५ फागुन आसन्न प्रतिनिधि सभाको आम निर्वाचन नजिकिँदै जाँदा बारा–३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोद गुप्ता कलैयाका विभिन्न टोलमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन्। घरदैलो अभियानका क्रममा मतदाताहरूले परिवर्तनको चाहना, युवा नेतृत्वप्रति भरोसा, ईमान्दार र पारदर्शी शासन तथा दिगो…
-

बारामा कडा सुरक्षा व्यवस्था : ३०८ मतदान स्थलका ५८७ मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन
कलैया, १५ फागुन आसन्न प्रतिनिधि सभाको आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन बारा जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाभर ३०८ मतदान स्थल अन्तर्गत ५८७ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सुरक्षाका लागि करिब १ हजार ६ सय नेपाल प्रहरी र दुई हजार६ सय ३८ निर्वाचन प्रहरी…
-

फागु/होली पर्व शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाराको आग्रह
कलैया, १५ फागुन जिल्ला प्रशासन कार्यालय बाराले फागु/होली पर्व २०८२ लाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्दै मनाउन सबैमा आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको हस्ताक्षरमा जारी भएको सूचना मार्फत होली पर्व धार्मिक–सांस्कृतिक महत्व बोकेको पर्व भएकाले मर्यादा, संयम र अनुशासनका साथ मनाउन अनुरोध गरिएको छ। सूचनामा उल्लेख भएअनुसार यस वर्ष…
-

बारा-२ मा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवको घरदैलो अभियान, मतदातासँग संवाद
कलैया, ११ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेस का उम्मेदवार भैयाराम यादवले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। मतदाता भेटघाट र घरदैलो कार्यक्रममार्फत उनी यतिबेला टोल-टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। सोमबार उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत महागढीमाई नगरपालिका–२ का मैनी, भन्सिया र…
-

पर्सा–४ मा काँग्रेस उम्मेदवार जिताउन मुख्यमन्त्री यादवको आग्रह
पर्सा, ११ फागुन मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातासँग आग्रह गर्नुभएको छ। पर्सा क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने छिपहरमाई गाउँपालिका वडा नम्बर–१ मिर्जापुरमा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री यादवले काँग्रेसका उम्मेदवार रमेश रिजललाई जिताउन स्थानीय नेता, कार्यकर्ता तथा जनसमुदायसँग आग्रह गर्नुभएको हो। नेपाली काँग्रेस मधेश प्रदेशका…
-

बारा–३ मा अनुभवको दाबी सहित रामबाबु यादवको आक्रामक चुनावी अभियान
बारा , ११ फागुन जनता समाजवादी पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर ३का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबाबु यादव यतिबेला चुनावी मैदानमा आक्रामक र जुझारु रूपमा सक्रिय देखिएका छन्। छाता छाप चुनाव चिन्ह लिएर उनी गाउँ–गाउँमा घरदैलो, र्याली तथा कोणसभा मार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। यादवले आफ्नो लामो राजनीतिक अनुभव र विगतका कार्यसम्पादनलाई मुख्य आधार बनाउँदै…
-

ब्राह्मण समाज नेपालको होली मिलन समारोह सम्पन्न
कलैया , ११ फागुन कलैया पावर हाउस नजिक रहेको ब्राह्मण समाजको जग्गामा सोमबार ब्राह्मण समाज नेपाल जिल्ला अधिवेशन तयारी समितिको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ। समारोह तयारी समितिका संयोजक प्रेमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला कार्य समितिका अध्यक्ष मुक्तिनाथ तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने केन्द्रीय सदस्य वृजेश कुमार पाण्डेको…
You May Have Missed














