Year: 2026
-

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस्
काठमाडौँ, २० भदौ। नेपाली घरपरिवारमा रोटी खानुअघि त्यसमा घिउ लगाउने चलन शताब्दीयौँदेखि चलिआएको छ। हजुरआमाहरू प्रायः भन्नुहुन्थ्यो कि घिउ हालेर रोटी खाँदा स्वास्थ्य राम्रो हुन्छ र शरीर बलियो बन्छ। आज पनि पोषणविद्हरू स्वीकार गर्छन् कि सही मात्रामा घिउको सेवन स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। आउनुहोस्, घिउ हालेर रोटी खानुका विभिन्न स्वास्थ्य लाभहरूबारे जानकारी लिऔँ। …
-

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी
काठमाडौँ, २० भदौ। भारतकी ब्याटिङ सुपरस्टार स्मृति मन्धानाले दुबईमा जारी महिला एसिया कपमा ६४ बलमा कीर्तिमानी १२४ रन बनाएर महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन्। बिहीबार हङकङविरुद्धको खेलमा जित दिलाउने इनिङ्स खेल्ने क्रममा मन्धानाले भारतकी पूर्वकप्तान मिताली राजलाई पछि पारेकी हुन्; मिताली १०,८६८ अन्तर्राष्ट्रिय रनसहित शीर्ष स्थानमा थिइन्। याे सँगै टी-२०…
-

आजको राशिफलः वि.सं. २०८३ भदौ २० गते शनिबार
आजको राशिफलः वि.सं. २०८३ भदौ २० गते शनिबार, इ.सं. २०२६ सेप्टेम्बर ०५, ऋतुः वर्षा, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको नवमी तिथि, नक्षत्रः मृगशिरा, चन्द्रमा वृष राशिमा, सूर्य सिंह राशिमा, योगः वज्र, करणः तैतिल। आज गोगा नवमी र विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा हुनेछ। आज नेपालमा सूर्योदय बिहान ५ः४५ बजे र सूर्यास्त साँझ ६ः१९ बजे…
-

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो
गृह मन्त्रालयले २३ जना कर्मचारीहरुको सरुवा गरेको छ । गृहले सहसचिव र उपसचिव तहका गरी २३ जना कर्मचारीहरुको सरुवा गरेको हो । गृह सहसचिव तहका १४ र उपसचिव तहका ९ जना गरी २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।यसरी २३ जना अधिकृतस्तरका कर्मचारीहरु चलाइँदा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर भएका छन् । मन्त्रालयले…
-

बाराका सिडिओ मिश्रको सरुवा, अधिकारी आउँदै
बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ। गृह मन्त्रालयले मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको हो। उनको स्थानमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी बाराको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउने भएका छन्। गृह मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमुख जिल्ला…
-

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा विवादमा ‘रकम असुली’को आरोप
जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत कार्यरत ७६ जना लेखा समूहका कर्मचारीको हालै गरिएको सरुवा विवादमा परेको छ । ती कर्मचारीहरूलाई सरुवा गर्नुअघि अर्थमन्त्री र उनको सचिवालयबाट पटकपटक फोन गरेर सम्पर्कमा आउन दबाब दिइएको बुझिएको छ । तर, कर्मचारीहरूले मन्त्री र उनको सचिवालयको फोन बेवास्ता गर्दा सरुवा गरिएको हो । प्रदेश निजामती सेवा ऐन, २०७७ तथा प्रदेश…
-

कर्णाली प्रदेश अस्पतालले भदौ २२ र २३ गते पनि सेवा दिने
सुर्खेत, १९ भदौ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल कर्णाली प्रदेश अस्पताल भदौ २२ र २३ गते पनि खुल्ने भएको छ। संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढी पीडितको शोक दिवस मनाउने र २३ गते जेनजी आन्दोलनका शहिदको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले आफूहरूले शनिबार र…
-

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार
पोखरा, १९ भदौ । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको भारतीय कार अनियन्त्रित भई फेवातालमा खसेको हो। दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी…
-

बाढीपीडितलाई राहत वितरणमा निष्पक्षता र सम्मान कायम गर्न सरकारसँग नृप वडको आग्रह
धनगढी, १९ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको अवस्था पीडादायी बन्दै गएको भन्दै समाजसेवी तथा निर्वर्तमान मेयर नृप वडले पीडितको राहत, उद्धार र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्। विपत्तिको समयमा नागरिकको पीडा कुनै दल, जात, क्षेत्र, वर्ग वा राजनीतिक आस्थासँग जोडेर हेर्न नहुने उल्लेख गर्दै वडले…
-

सुन र चाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
काठमाडौं, १९ भदौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको…
You May Have Missed














