कृषिमधेससमाचार

बाराको प्रसौनीमा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरतासम्बन्धी २२ दिने तालिम सम्पन्न।

बितिय शिक्षा ब्यवसयिक साक्षरता सम्बन्धी २२ दिने तालिम शुक्रबारको सम्पन्न भएको छ । कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय कलैया ,बाराको आयोजनामा र जिन्नाद बाबा कृषि सहकारी सस्था लि को सयोजकतामा संचालनमा रहेको बितिय शिक्षा ब्यवसयिक साक्षरता सम्बन्ध २२ दिने तालिम प्रसौनी गाउँपालिकाको जिन्नाद बाबा कृषि सहकारी सस्था लि का अध्यक्ष केदार साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालको प्रमुख आतिथ्य ,युवा नेता लुकेस सिहको बिशिस्ट आथिति ,कृषि बिकास बैंक लिमिटेड शाखाको अधिकृत विषम भणडारिको आतिथ्यमा समापन गरिएको हो । २२दिने तालिममा प्रसौनी गाउँपालिकाको वार्ड नम्बर ५ रहेको श्री जिन्नाद बाबा कृषि सहकारी सस्था लिका सदस्यहरु लाई दुई समूह गरि ५० जना सहकारीको सदस्यहरुको उपस्थिति रहेको थियो । 

२२ दिनसम्म संचालन भएको तालिममा प्रसौनी गाउँपालिकाका वार्ड नम्बर ५मा रहेको जिन्नाद बाबा कृषि सहकारी सस्थाको ब्यवस्थापक श्रीलाल साह , प्रमुख प्रशिक्षक संजय कुशवाहा र नर्थ राउत लगायतले तालिम कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।

सो अवसरमा युवा नेता सामज सेवि लुकेस सिहले सहकारी क्षेत्रको विकास र प्रसौनी गाउँपालिका भित्र रहेका झोले सहकारीहरुलाई सहकारीको व्यवस्थापन प्रभावकारी र पारदर्शी हुन आवश्यक छ ताकि यसको उद्देश्य अनुसार सदस्यहरूको हितमा सेवा पुर्‍याउन सकियोस्। सहकारी संस्था सदस्यहरूकै स्वामित्वमा आधारित संस्था भएकाले यसको व्यवस्थापन सदस्य, कर्मचारी र बोर्डको सामूहिक उत्तरदायित्वमा आधारित हुनु पर्छ सिहले बताउनु भयो । 
समापन कार्यक्रममा प्रमुख अतिथि प्रसौनि गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले कृषि बिकासलाई प्रसौनी गाउँपालिकाको प्रथम प्राथमिकतामा राखिएको छ। र बितिय शिक्षा व्यवसायिक साक्षरता भन्नाले व्यवसाय सञ्चालन गर्न आवश्यक वित्तीय ज्ञान र सीपलाई बुझिन्छ। यसले एक व्यक्तिलाई आफ्ना वित्तीय स्रोतहरू कुशलतापूर्वक प्रयोग गरेर सफल व्यवसाय सञ्चालन गर्न सघाउँछ भने सब्द्लाइ स्पष्ट पर्नुभयो । साथै उहाँले व्यक्तिमा निहित ज्ञानलाई तालिमले समय सापेक्ष र ताजा बनाइराख्ने बताउँदै सहभागीहरुलाई सक्रिय सहभागीतासहित अधिक लाभ लिन आग्रह गर्नुभयो ।

यस्तै जिन्नाद बाबा कृषि सहकारी संस्था लि.को सदस्य मिरा देबि साहले बितिय शिक्षा ब्यवसयिक साक्षरता तालिमबाट हुने फाइदाका बारेमा चर्चा गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button