समाचारसमाज

वडा अध्यक्ष मिश्राका कारण स्थानीय जनताहरूलाई समस्या

वीरगञ्ज १४ असोज
पर्सा गढी नगरपालिका वडा नं ५ मा वडा अध्यक्ष नितेश मिश्रा विरुद्ध वडा नं ५ का जनताले बिरोध प्रदर्शन गरेका छन्।

वडा अध्यक्ष मिश्रालाई स्थानीय जनताहरूले मागेको सुचना नदिएपछि वडावासीले मिश्राको बिरोध गरेका छन्
विभिन्न किसिमका मागहरु राखी सुचनाको हक प्रयोग गरि मागिएको सुचना नदिएपछि बिरोध प्रदर्शन गरिएको एक स्थानीयले बताएका छन्।

वडा अध्यक्ष मिश्रा आफ्नो मनमानी आफ्नो आसेपासे र पार्टी का कार्यकर्ताहरु रकम असुली को लागि हबिब मियाँ र एक महिला लाई पैसा लिने कार्यमा संकलन का लागि व्यक्ति लाई वडा कार्यालयमा काममा खटाएका छन्।
आमजनताको काम सहज बनाउनले गाउँ गाउँमा सिहदरवार भित्रको छ तर मिश्रा निर्वाचित भए लगत्तै वडा कार्यालयबाट सेवा प्रवाह गर्ने काम विना पैसाको नहुने एक स्थानीयले बताएका छन्।

कुनै पनि किसिमको सिफारिस वा कुनै किसिमको कागजपत्र तयार गराउन पुगेका जनताले बिना पैसा को काम नगर्ने र पालिकाको दस्तुर भन्दा बढी पैसा लिने गरेको स्थानीयले बताएका छन्।

विभिन्न किसिमका मागहरु राखी वडा अध्यक्ष मिश्रा लाई ज्ञापनपत्र बुझाउन गएका स्थानीय जनताहरूको ज्ञापनपत्र नबुझी कार्यालय बाट बाहिर थका लगाएर प्रदर्शनकारीहरुलाई निकालेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button