चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह

93

कार्तिक १७ काठमाडौं___  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावनाको अनुमान गरेसँगै नार्कले किसानलाई ३ देखि ४ दिनपछि मात्रै धान काट्न आग्रह गरेको हो ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

पाकेको धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि जति सक्दो छिटो काट्न आग्रह गरिएको छ । काटेको धान खेतमा नछोड्न नार्कको सुझाव छ ।

Leave a comment