Modern technology gives us many things.

सामाजिक संघसंस्थाको स्थापना सामाज परिबर्तनको एक आधार अर्जुन अनुराग भुइँ मान्छे

82

सामाजिक संघसंस्थाको स्थापना सामाज परिबर्तनको एक आधार अर्जुन अनुराग भुइँ मान्छे

संघसंस्था भन्नाले सामुहिक उदेश्य लियर सामुहिक उपलब्धि हासिल गर्ने समुह भन्ने बुझिन्छ र यो मुख्यत व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता क्षेत्रमा सामान र सामुहिक उदेश्य प्राप्तिका लागि एकजुट हुनु हो जस्तै मानिस आफु एक्लैले कुनै ठूलो उदेश्य हासिल गर्न नसक्ने अवस्थामा यो सङ्गठन वा समुहको आवश्यक पर्दछ र परेको हुन्छ । नेपालको सन्दर्भमा नेपालको संविधान सामाजिक संस्था ऐन, २०७५ मा रहेर नेपालमा आफ्ना कामकारबाही थालनी गरेको गराएको हुनु पर्छ ।
र आज म वि सं २०६० सालदेखि यता झण्डै बीस वर्षसम्म को यो अवधिमा एक दर्जन बढी सामाजिक राजनीतिक लगाएत विभिन्न संघ संस्थामा आवद्ध भएर मैले अनुभव गरेको कुरा लाई छोटकरीमा चर्चा गर्ने र संघ संस्था सुधार का लागि गरिनु पर्ने आवश्यक प्रयत्न का बारेमा जानकारी दिने कोसिस गरेको छु साथै सामाजिक संघसंस्थाको स्थापना सामाज परिबर्तनको एक आधार कसरी बन्न सक्छ यो बिसयमा पनि सामान्य चर्चा गरेको छु पाँच मिनेट समय निकालेर पूरा पढ्ने कोसिस गर्नु होला ।

हुने बिरुवाको चिल्लो पात भने जस्तै विभिन्न सामाजिक संघसंस्थामा पनि त्यसको जग वा त्यसको आधार कस्तो छ त्यो ले केही हदसम्म प्रभाव पार्छ र त्यो प्रभाव लाई नै सम्झेर हिजो देखी चल्दै आएको छ चल्दै जान्छ भनेर मुख्य जिम्मेवारी पदाधिकारीले भन्दै जाने र सल्लाहकार संरक्षक ज्यु हरुले पनि सुन्दै बस्यो भने त्यो संगठन सहि तवर तरिकाले अगाडि बढ्न सक्दैन र त्यो कार्यसमितिले रचनात्मक सुधार सगै राम्रो सामुहिक सफलता हात पार्न सक्दैन त्यो व्यावसायिक क्षेत्रमा होस् या त्यो परोपकारी काममा होस् समुदायमा विभिन्न उद्देश्यले स्थापना हुने संघ, संस्था, क्लब, परिषद्, संगठन, समिति, मञ्च, केन्द्र, फाउण्डेशन आदि मात्र नभएर विदेशी मुलुकसँग जनमैत्री वा साँस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले स्थापना हुने मैत्री संघ वा सांस्कृतिक संघ समेत यश भित्र पर्दछन । यस्ता संघ संस्था को मुख्य उदेश्यमा प्राय पेशागत हक हित र संरक्षण गर्ने , सामुदायको विकास , पर्यावरण संरक्षण , कुनै अधिकार
सुनिश्चितता सुशासन वा सामाजिक न्यायको पैरवी गर्ने जस्ता कुरा हरु भेटिन्छन र नेपालको संविधानले दिएको संस्था स्थापना गर्ने नागरिक स्वतन्त्रता अन्तर्गत प्रत्येक नेपाली नागरिकलाई अन्य नेपाली नागरिकसँग मिली ऐन वा प्रचलित कानूनको अधीनमा रही समाजमा संघ संस्था खोल्ने, स्थापना गर्ने र सचालन गर्न दिएको स्वतन्त्र अधिकार लाई प्रयोग गर्दै खोलिएका र संचालनमा रहेका हुन्छन् ।

सामाजिक संघ संस्था भित्र धेरै किसिमका बिचार हरु हुने गर्छन् ती फरकफरक बिचारको मिश्रण लाई नै सामाजिक संस्था बिकाशको मुल आधार मान्न सकिन्छ त्यसैले संस्था भित्र फरक बिचार उत्पन्न हुँदा या कुनै पदाधिकारी वा जिम्मेवारी लिएको ब्यक्ति बाट नयाँ प्रस्ताव वा कुनै संकल्प आउँदा नेतृत्वले आत्तिनु हुँदैन बरु जति सक्दो धेरै बिचार हरु आउन सहजीकरण तथा सहज बाताबरण तयार गर्ने कोसिस गर्नु पर्छ जसरी उखुको सारो डाँड तिखो जति डर लाग्दो छ त्यो बाट त्यति नै गुलियो र स्वादिष्ट जुस ( झोल ) निक्लिने गर्छ त्यसैले संस्था भित्र वादविवाद फरकफरक प्रशङ्ग आउने गर्छन् र यस्ता कुराको सहि तरिका ले समन्वय गरेर उखु बाट जसरी स्वादिष्ट झोल निकालिन्छ त्यसैगरी समुहमा आउने फरकफरक प्रशङ्ग को पनि त्यसलाई सहि र आवस्यक समन्वय गरेर संघसंस्थामा परिवर्तन तथा संस्थाको बिकाश गर्न सकिन्छ र संस्थागत रूपमा रहदै गर्दा पदाधिकारी बीच बोलिने भाषा शैली गरिने ब्यवहार पनि जति सक्दो विनम्रता हार्दिकता हुन पर्छ सबै पदाधिकारी ले सबै पदाधिकारी सँग सधैं शिष्टता कायम राख्ने कोसिस गर्नु पर्दछ यसो गर्नाले सबै बिच सबैको भाइचाराको सम्बन्ध बढ्नुका साथै आत्मियता बढेर जान्छ संस्थागत सफलता प्राप्त सगै मित्रगत भाव पनि बढेर जान्छ ।

अध्यक्ष वा सभापति अथवा नेतृत्वमा दाबी गर्दै गर्दा निर्वाचनमा अथवा महाधिवेशनमा जित्नको लागि जे पनि बोल्दिने जति पनि बोल्दिने गर्न हुदैन आफ्नो क्षेत्र अधिकार भित्र रहेर साच्चिकै गर्न सकिने कुरा मात्र बोल्नु पर्छ सम्भावित कुरामा मात्र प्रतिबद्धता गर्दै अगाडि जान पर्छ र निर्वाचत भैसके पछि धेरैको चलन हुन्छ ढुलमुले (दोधारे) चरीत्र देखाउने पछाडि नहेर्ने यो पनि एउटा नेतृत्वको गलत हो यसले आउँदा दिनहरूमा आफ्नो पुरानै प्रभाव कायम राख्न असहज बनाउछ त्यसैले हारे पनि जिते पनि सबै सँग गरिदै आएको समन्वय सहकार्य कायमै राख्न जरुरी हुन्छ किनकि सय रंग कपडा राम्रो एक रंग मानिस राम्रो भने जस्तै आत्तिनु पनिहुदैन मात्तिनु पनि हुदैन सामुहिक कर्ममा निरंतरता दिन बुद्धिमान हुन्छ । अहिलेसम्म मैले देखेको नेतृत्वमा जानका लागी धेरैले संघर्ष गरेका छ्न र अहिले पनि धेरै मानिस संघर्षरत छन यी मध्य थोरैले मात्रै त्यो चुनौती उठाउन सक्छ र त्य अवसर पाउँछ त्यसका लागी सबै भन्दा ठूलो कुरा त्याग तपस्या र आफुले गर्दै आएको राम्रो कामको निरन्तरता हो । संघ, संस्था, क्लब, परिषद्, संगठन, समिति, मञ्च, केन्द्र, फाउण्डेशन भित्र मात्र नेतृत्व हुन्छ भन्ने हैन सरकार नेतृत्व देखी एउटा सानो परिवार को पनि नेतृत्व हुने गर्छ र यी सबै ठाउका नेतृत्व हरु सहि भयो भने नेतृत्वमा दुरदर्शिता पार्दसिता इमान्दारिता भयो भने त्यो सामाजिक संघ संस्था होस् एउटा घरको परिवार होस या त्यो कुनै राज्य सबैमा नयाँ नयाँ आशा हरु पलाउछ त्यस भित्र सुख शान्ति सुरक्षा कायम हुनुका साथै गुणात्मक सुधार अनि गुणात्मक बिकास समृद्धि को बाटो हरु चौडा फराकिलो हुँदै जान्छ ।

संघ संस्था कस्तो हुनु पर्छ भन्ने प्रशङ्ग मा एउटा सिर्जना पढौ –

संघ संस्था भनेको रातो फुल जस्तै हुन पर्छ ।
अझै भनौ सफा पनिको मुल जस्तै हुन पर्छ ।

साथी संङ्गी आउछन् जान्छन् त्यस्तो भन्न हुन्न
साथी संङ्गी रमाइलो मेलाको हुल जस्तै हुन पर्छ ।

म चाहान्छु संस्थाको नाम बेचेर गलत नहोस्
संस्था खोला तर्न बनाएको पुल जस्तै हुन पर्छ ।

दुई दिनको जिन्दगीमा तँछाडमछाड किन गर्ने
देबतालाई चढाउन बनाएको तूल जस्तै हुन पर्छ ।

सामाजिक संस्था कै बारेमा धेरै प्रश्न आउछ
संस्था भनेको सिक्ने सिकाउने सामुदायिक स्कुल जस्तै हुन पर्छ ।

हरेक कुरामा दुइटा पक्ष दुइटा पाटो हुने गर्छ एउटा हो सकारात्मक र अर्को हो नकारात्मक हामी जहिले पनि निरन्तर सकारात्मक बाटोमा हिड्ने कोसिस गर्नु पर्छ त्यसको लागि आफ्नो अगाडि हजारौं कुरा नकारात्मक कुरा आए पनि आफुले त्यसलाई सकारात्मक हिसाबले लिने र सकारात्मक हिसाबले लिदा कुनै दुर्घटना पनि हुन सक्छ भएका पनि छन त्यसको लागी सम्भावित दुर्घटना सामाना गर्ने सकारात्मक अठोट पनि हामी भित्र हुन जरुरी हुन्छ र यसो भन्दै गर्दा खाने कुरामा पनी राम्रो र नराम्रो गरि दुई थरी हामीले लिन्छौं खान्छौ हाम्रो पेट भित्र जान्छ र हाम्रो शरीरले जसरी नराम्रो कुरा छानेर बाहिर फाल्छ र राम्रो कुरा हाम्रो शरीरमा राख्छ र त्यही राम्रो कुरा ले हाम्रो शरीरमा शक्ति प्रधान गर्छ यदि त्यो नराम्रो कुरा हाम्रो शरीरमा अत्याधिक गयो भने हामी बिरामी हुन्छौं हो त्यस्तै हाम्रो अगाडि सकारात्मक नकारात्मक सबै कुरा हरु आउछन् त्यसबाट हामीले सकारात्मक मात्रै लियौ भने हामी बिरामी हुन पर्दैन यसबाट हामीले के बुझ्न सकिन्छ भने राम्रो सग नराम्रो पनि हुन्छ र नकारात्मक सगै सकारात्मक पनि हुन्छ हामी कहिल्यै पनि बिरामी नहुन सकारात्मक कुरा मात्र हाम्रो दिमागमा राख्न परो र यो कुरा मानवीय जिबनमा मात्र नभई संघ संस्था समुहमा पनि जहिल्यै सकारात्मक कुराको मात्र संस्थागत गर्ने गर्नाले संघ संस्था समुह पनि कहिल्यै बिरामी हुने छैनन् हुन दिनु हुदैन । समुह भित्र सानो सोच राख्ने हरु बाट प्राय नकारात्मक कुराको मात्र बारम्बार वकालत हुने गर्छ सकारात्मक कुरा लाई पनि बाङ्गो बनाएर नकारात्मक बनाउने र त्यसैमा आफ्नो निकै ठुलो सफलता ठानेर रमाउने हरु को पनि भिड हुन्छन् देखिन्छन् तिनिहरु ले आफू बाहेक अरु कसैलाई देख्न नसक्नु आफुले आफै लाई सर्वश्रेष्ठ ठान्नु मैले गरेको मात्रै ठिक बाकी अरुले गरेको कुराको गलत ब्याख्या गरि नकारात्मक भास्या निर्माण गर्नु धेरै जनाको अगाडि आफ्नै सहकर्मी लाई होच्याउने जस्ता कामुक नालायकिपन बोकेका ब्याक्ति हरु पनि हाम्रै वरिपरि धेरै हुन्छन् तिनीहरु लाई स्वतन्त्र छोड्दिनुस किनकि एक दिन ढिलो चाडो सकिएर जान्छन् एक भनाइ छ जुन भाडा चुइन्छ त्यही भाडा अगाडि रित्तियर जान्छ ।

बिकास कुनै वस्तुमा आउने सकारात्मक र प्रगतिमूलक परिवर्तन नै विकास हुनु हो । अर्थात् कुनै पनि वस्तुमा आउने नयाँपन विकास हो। सामाजिक घटना, प्रक्रिया, संरचना आदिमा आउने सकारात्मक परिवर्तनले समाज विकासको बाटो लाई डोर्‍याउछ यसलाई छोटकरीमा भन्नू पर्दा समाज विकासले समाजका आन्तरिक वा बाह्य स्वरूप सहितको समग्र सकारात्मक परिवर्तनलाई बुझाउने गर्दछ र सामाजिक संरचना, सामाजिक सम्बन्ध, सामाजिक संघ सङ्गठन आदिमा रूपान्तरण वा परिवर्तन हुने प्रक्रिया नै समाज विकास हो र हरेक ठाउँ गाउँ समाज सरलबाट जटिलतिर, समानताबाट असमानतातिर, एकताबाट विविधतातिर, असभ्यताबाट सभ्यतातिर र प्राचीनबाट आधुनिक तिर बिस्तारै अगाडि बढ्छ यसको गति त्यस ठाउमा त्यस गाउँमा त्यस समाजमा रहेका सचेत नागरिक ले खेल्ने भुमिका मा निर्भरता रहेको हुन्छ त्यसैले हामी पनि हाम्रो समाज भित्रको एक सचेत नागरिक को हैसियतले समाजमा जिवनको अन्तिम अवस्था सम्म पनि निरन्तर सकारात्मक प्रभावकारी भुमिका खेल्न सक्नु पर्दछ यो आजकै मिति बाट सबैले थालनी गरौं र यो समाज विकास एक सर्वव्यापी प्रक्रिया पनि भन्न सकिन्छ यो सामूहिक परिवर्तन पनि हो। समाजको गति समान नहुने भएको ले यसको ठ्याक्कै भविष्यवाणी गर्न सकिने अवस्था भने रहदैन । समाज भन्ने बित्तिकै हाम्रो मनमा समुदाय जोडिन्छ र
सामाजिक संघसंस्थाले समाज परिवर्तनमा कसरी भुमिका खेल्छ भन्ने सन्दर्भमा भन्नू पर्दा पहिलो कुरा सामाजिक संघसंस्थाको स्थापना सँगै सबैको सबैसँग पारस्परिक सुमधुर सम्बन्ध हरु बिस्तार हुन जान्छन् समुदाय भित्र एकता सत्भाव कायम राख्न मद्दत पुग्छ र यसले एकता नै बल हो भन्ने भनाइ सार्थक बनाउछ कुनै एक जना लाई केही जटिल समस्या आउँदा वरिपरि रहेको समुदायले एक पछि अर्को गर्दै यो हामी सबैको समस्या हो सबै मिलेर सामाना गरौं यस्ता जटिलता आज एउटा लाई छ भोलि अर्को लाई पनि हुन सक्छ पर्सि कुनै दिन मलाई पनि हुन सक्छ त्यसैले हामी सबै मिलेर यस्ता जटिलता हरु मिलेरै सामाना गर्दा एउटा लाई पर्ने भार अलि अलि गरेर सबै लाई बाड्दा त्यो जटिलता बाट सजिलोसँग उन्मुक्ति पाइन्छ पाउन सकिन्छ त्यसैले यसरी मिलेर बसेको कुनै समुदाय समाज मा राज्यले हेर्ने नजर पनि सधैं सदा सकारात्मक हुन्छ र यदि राज्यको कुनै निकाय बाट गलत नजर लगाउने कुनै दुस्साहस हुन्छ प्रयास हुन्छ भने पनि खबरदारी गर्ने सन्दर्भमा पनि एकता हुन्छ र त्यो एकताले अनौठो सबैलाई चकित पार्ने बल ( शक्ति ) उत्पादन गर्छ र त्यो उत्पादित भएको बल को सहि प्रयोगले हरेक कुरामा सफलता हात पार्छ र पारेको संसारमा थुप्रै उदाहरण हरु भेट्न देख्न पढ्न पाइन्छन् त्यसैले सामाजिक संघसंस्थाको स्थापना सामाज परिबर्तनको एक आधार बन्ने कुरामा कुनै दुई मत छैन ।

Leave a comment