प्रसौनी गाउपालिकाको १४ औ गाउँ सभा सम्पन्न

135

२७ पुष बारा । प्रसौनी गाउपालिकाको आव २०८०/०८१ को दोश्रो तथा १४ औ गाउँ सभा शुरु भएको छ ।

हिउदे गाउँ सभाका रुपमा रहेको यो गाउँ सभा सम्पन्न गराउन सबै गाउँ सभा सदस्यहरु एकजुट भएर लागेको र यस अगाडि देखिदै आएको दलहरु र जनप्रतिनिधिहरु बिच रहेका मत भिन्न्ता समाप्त भएको गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले जनाए ।

अध्यक्ष जयस्वालले जनप्रतिनिधिका बिच अत्यन्तै सुमधुर सम्बन्ध कायम भैइ पालिकाको सबै योजना सम्पन्न गराउन लागिपरेको बताएका छन । अध्यक्ष जयस्वालले आज रास्ट्रीय एकता दिवसका दिन हुन लागेको यो सभाले महत्वपुर्ण संदेश दिने अपेक्षा गरेको बताएका छन ।

आफुहरु सबै मिलेर नमुना गाउपालिका बनाउन सबै जनप्रतिनिधिको उदेश्य रहेको जयस्वालले बताएका छन । गाउपालिकाका अध्यक्ष जयस्वालले धेरै पालिकामा जनप्रतिनिधिहरु बिच सहमति नहुदा गाउँ तथा नगर सभा हुन कठिनाइ भएको सर्व बिदित रहेको बेला सबैको चाहना अनुसार हामी सबै मिलेर गाउँ सभा गरेर बिकास गर्ने बाटोमा लागिपरेको बताएका छन । 

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमित सिंहले स्वागत मन्तव्य दिदै सबैले आफ्नो र आफ्नो पार्टीको स्वार्थ भन्दा माथी उठेर गाउपालिकाको बिकासका लागि सबै नगर सभा सदस्यहरु नीति कार्यक्रम बनाउन लागिपरेको देखेर आफू अत्यन्तै खुशी भएको बताएका छन । ४५ करोड ४५ लाख ७५ हजार बजेट प्रस्तुति गरिएको चालू आवमा केही योजना फेरबदल गर्न यो सभा गरिएको बताए ।

 

सिंहले कर्मचारीहरु गाउपालिकाको बिकासका लागि यहाहरुले बनाएको नीति कार्यक्रमलाई पूरा गर्न हरेक समय लागि तम्तयार रहेको बताएका छन । रास्ट्रीय एकता दिवसको सुभकामना दिदै असारमा प्रस्तुत बजेटमा अपुग भएका योजनालाई मिलाएर अगाडी बढिरहेको बताए । गाउँ सभा जनताको लागि आश हो त्रास हैन भन्दै यसको सफलताकोलागी सबैले मिलेर अगाडी आउन आग्रह गरे ।

 

गाउँ सभा सदस्य लालबाबु यादवले मन्तब्य दिदै असारमा समयमा नै गाउँ सभा नगरिएकोले धेरै समस्या भएकोले यो हिउदे सभाले गाउपालिकाको बिकासमा सहयोग पुग्ने बताए ।

 

गाउपालिकाको सभाहलमा आयोजित १४ औ गाउँ सभामा वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया,२ का अध्यक्ष हृदय कुमार साह,३ का अध्यक्ष छोटेलाल साह,४ का अध्यक्ष याकुब अन्सारी,वडा नम्बर ५ का अध्यक्ष सन्तोश साह,६ का अध्यक्ष बृजकिशोर कुश्वाहा,७ का अध्यक्ष ईस्लाम मिया मन्सूर,लेखा अधिकृत प्रेमबाबु प्रसाद सहित वडा सदस्य गाउँ सभा सदस्यहरु,सन्चारकर्मिहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष बृजकिशोर कुश्वाहाले जन अपेक्षा अनुसारको काम गर्न आफुहरु जनताबाट निर्वाचित भएकोले सोही अनुसार काम गर्नुपर्ने बताए । कुश्वाहाले सबै ७ वटै वडामा समान रुपमा सेवा वा योजना दिनुपर्ने बताए ।

 

आउने निर्वाचनमा आफ्नो दल प्रसौनिमा बहुमतको सरकार बनाउने बताउदै कुश्वाहाले दम्भ देखाएर पालिका नचलाउन आग्रह गरे । राम्रो कार्यको समर्थन र नराम्रो कार्यको आफुले जहिले पनि बिरोध गर्ने अध्यक्ष कुश्वाहाले बताएका छन । वडा अध्यक्ष कुश्वाहाले आज देखि आफुहरु सङ्ग विभेद नगरी समान रुपमा बजेट बितरण गर्न आग्रह गरे । समाजिक सुरक्षा भत्ता बितरणका लागि ग्रामिण भेगका छेत्रमा पनि कुनै बैंक को ब्यवस्थापन गर्न आग्रह गरे जसले जनताले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने बताए । आफू केवल जनताको लागि बोल्ने गरेकाले सब तिरबाट अपमानित भएको बताए । सभाको सन्चालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.