मधेशमा कृषिको सम्भावना र चुनौती, नेउवामहासंघ मधेशले बुझायो कृषिमन्त्रीलाई ज्ञापन

145

नेपाल उद्योग वाणिज्य महासंघ मधेशमा कृषिको सम्भावना अत्यधिक भए पनि यसको उपयोग हुन नपाएको बताएको छ । महासंघका अध्यक्ष अशोकुमार टेमानीसहितको मधेशका उद्यमीहरुको डेलिगेशसनले कृषि तथा पशुपंछी विकासमन्त्री डा. बेदुराम भुसाललाई ज्ञापन बुझाएर यसमा सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तो छ महासंघको ज्ञापन

नेपालको तराई- मधेश क्षेत्र कृषि र वनको हिसाबले महत्वपुर्ण छ | समथर जमिन भएको यो क्षेत्र नेपालको अन्न भण्डारको रुपमा चिनिन्छ | मधेश प्रदेशले नेपालको कुल क्षेत्रफल मध्ये ६.६ प्रतिशत ( ९,६६१ वर्ग कि. मी.)ओगटेको छ |  देशको कुल क्षेत्रफलको तुलनामा यस प्रदेशको खेतियोग्य जग्गा, अन्य प्रदेशको भन्दा उच्च रहेको छ | नेपालको कुल खेति योग्य जग्गा मध्ये १९.०२ प्रतिशत मधेश प्रदेशमा नै रहेको छ |अर्थात् नेपालको कुल खेति योग्य  जग्गाको करिव २० प्रतिशत रहेको छ भए पनिउत्पादन ३५.२% रहेको छ, जुनकी सबै प्रदेश  भन्दा उच्च रहेको छ | तथापी भएको सम्भावना गुणात्मक रुपमा बृधि गर्न सकिन्छ र यस प्रदेशले सम्पूर्ण देशलाईनै कृषि जन्य उपज आपूर्ति गर्न सकिन्छ |

मधेश प्रदेशमा कृषि उपजको निम्न अनुसार रेको छ |

  • मधेश प्रदेशमा सबै भन्दा बढी जनसंख्या रहेकोले यहाँ श्रम आपूर्ति सहज हने हुँदा तरकारी, फलफुल, माछा, मासु जस्ता करी जन्य वस्तुहरुको व्यवसायीक उत्पादनको साथै खपतका लागि वजारको पनि उच्च् सम्भावना रहेको छ | मधेश प्रदेशमा समथर उर्वरक भूमिको प्रचुरता रहेकोले सिंचित भूमिको क्षेत्रफल विस्तार मार्फत खाद्यान्न तथा अन्न वाली र तरकारी उत्पादनलाई पकेट क्षेत्रको रुपमा विकाश गर्न सकिने सम्भावना रहेको छ |
  • माछा पालन तथा फलफूलको नयाँ नयाँ जातहरुको प्रयोग गरि कृषि उत्पादन र उत्पादकत्व अभीबृद्धि गर्न सकिने सम्भावना रहेको छ |
  • मधेश प्रदेशमा उर्वर तथा समथर भुमि रहेकोले प्रसस्त घाँस खेति समेत लगाउन सकिने भएकोले पशु पालनका माछा मासु तथा दुध जन्य पदार्थका उत्पादन बढाई राष्ट्रको कुल ग्राहस्त उत्पादनमा योगदान पुर्याउन सकिने प्रचुर सम्भावना रहेको छ |
  • माछा पालनामा मधेश प्रदेशका सबै जिल्लाहरु अग्र स्थानमा रहेकोले  आधुनिक प्रविधि प्रयोग गरि माछाका उत्पादन बढाउन सके यहाँ उत्पादित माछाले मुलुकलाई आत्मनिर्भर बनाउनका साथै विदेश निकासी गरि बैदेशिक ब्यापार र विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुर्याउने सम्भावना देखिन्छ |

कृषि क्षेत्रका चुनैतिहरु :

  • देशको सबै भन्दा बढी जनसंख्या भएको प्रदेश हुनाले यहाँका लगभग ६० प्रतिशत जनता कृषिमा आधारित छन् | कृषि योग्य भूमिको प्रचुरता तथा चाहिने जति श्रम शक्ति हुँदा हुँदै पनि चाहिने जति उत्पादन हुन सकेको छैन | सरकारले निम्न सुबिधा उपलब्ध गराएको खण्डमा देश कृषिमा आत्मनिर्भर  मात्र नभई निकासी गर्न सक्ने सम्भावना पनि रहेको छ |
  • कृषिलाई प्रविधि मैत्री, व्यवशायिक, उच्च प्रतिफल एबम मर्यादित पेशाको रुपमा रुपान्तर गरि युवा जनशक्तिलाइ श्रम सिप तथा पुंजी सहित यी क्षेत्रमा आकर्षित गर्नु र आत्म निर्भर बनाउनु |
  • व्यवशायिक रुपमा सामुहिक वा सहकारी कृषि प्रणाली अबलम्बन गरि सम्पूर्ण कृषि योग्य जग्गालाई उपयोगमा ल्याई उत्पादन अभिबृद्धि गरि तरकारी तथा खाद्य बालीमा आत्मा निर्भर बनाउन जनताको जीवन स्तर उकास्नु |
  • सिंचाई सुबिधा उपलब्ध गराई कृषि उत्पादकत्व बढाउन सिंचाई आयोजनाहरुको आवश्यकता |
  • समय समयमा किसानहरुलाई आवश्यक परिमाणमा मल खाद तथा विउ विजन उपलब्ध हुने सुनुश्चित्ता गर्नु |
  • कृषकको सिप विकासका लागि तालिम प्रदान गर्नुका साथै खेति गरिएको स्थानमानै प्रविधि सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने |
  • मधेशका प्रत्येक जिल्लामा कृषि बजारको अत्यन्त आवश्यकता रहेको छ | यसले कृषकहरुको उपजलाई सोझै बजारमा पुर्याउन मदत गर्छ जसले गर्दा उपजको मूल्य बढी प्राप्त हुन्छ र बिचौलियाहरुलाई हटाउन मदत गर्छ |
  • किसानलाई दिने अनुदान सिधै किसान संग पुग्नुपर्छ वा किसानको बैंक खातामा सिधै पुर्याउने नीति बनाउन पर्ने देखिन्छ |
  • Thailand जस्तै एक गाउँ एक उत्पादनको अवधारणा ल्याउने पर्ने देखिन्छ|
  • आर्गेनिक खाद, विउ आयातमा भन्सारलाइ सरलीकरण गर्नु पर्ने |
Leave a comment