खेलकुदमलेसिया बिशेषसमाचारसमाज

नेपाल क्रिकेट संघ (क्यान) द्वारा एनआरएनए मलेसिया अध्यक्ष आरके महतोलाई मायाको चिनोसहित सम्मान।

क्वालालम्पुर (मलेसिया):= नेपाली क्रिकेट संघ (क्यान) ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद “एनआरएनए” मलेसियालाई सम्मान गरेको छ ।

मलेसिया भ्रमणमा आईपुग्नु भएका क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले एनआरएनए एनसिसी मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो “आरके” लगायत टीमप्रति सम्मान व्यक्त गर्दै क्यानको तर्फबाट मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

मायाको चिनो सम्मान ग्रहण गर्ने क्रममा अध्यक्ष महतोले क्रिकेट खेललाई ग्रामीण क्षेत्रमा पनि विकास गर्न र क्रिकेट खेललाई अझ उचाईमा पुर्याउन खेलाडीहरुको मनोबल बढाउन मदत पुग्ने भन्दै एनआरएनए मलेसियाको तर्फबाट नेपाल क्रिकेट संघ जिल्ला महोत्तरीलाई नेपाली रु. १ लाख रुपैयाँ सहयोग प्रदान गरेको बताउनुभयो ।

क्यान उपाध्यक्ष सिंहले एनआरएनए मलेसियालाई सामाजिक काममा अझ अगाडि बढ्ने हौसला मिलोस र क्रिकेट खेल क्षेत्रमा पनि एनआरएनएले पनि सक्दो आर्थिक , भौतिक सहयोग सहकार्य गरेर अगाडि बढुन भन्ने कामना सहित बधाई ज्ञापन गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button