अपराधमधेससमाचार

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ८३ लाख ६४ हजार रूपैयाँसहित २ जना पक्राउ

२१ असार बारा । धनुषाको जनकनन्दनी गाउँपालिका १ ईनर्वास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सोहि गाउँपालिका ५ बस्ने ३६ वर्षीय इश्वर मण्डल र १९ वर्षीय जनक मण्डल रहेका छन् ।

 

मंगलबार दिउँसो सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) ईनर्वाबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले भारतबाट आलुको बोरा बोकी नेपालतर्फ आउँदै गरेको ज७प ५००७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा स्रोत नखुलेको १ हजारको को ७०० थान, ५ सयको २६९९ थान, १ सयको १०० थान र ५० को १०० थान गरी जम्मा ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

 

बरामद भएको उक्त नगद तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाउने प्रक्रियामा रहेको इन्स्पेक्टर कटुवालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button