Uncategorized

भगवान् नृसिंह जी को जन्म उत्सवको भव्य तयारी हुँदै

वीरगञ्ज १८ बैशाख
वीरगञ्जलाई पर्यटकीय स्थलको रुपमा चिनाउने १सय ५० वर्ष भन्दा बढी पुरानो नृसिंह पिपरा मठको परिसरमा बृहत सरसफाई गरेको छ। सरसफाईमा महानगरपालिका, नेपाल प्रहरी, सस्त्र प्रहरी स्थानिय सहभागिता रहेको थियो।

श्री नृसिंह मन्दिर पिपरा मठ संरक्षण समिति द्वारा मन्दिर परिसरमा रंगरोहन तथा झिलिमिली बत्ती समेत लगाएर मन्दिर लाई सिंगारिएको छ। जन्म उत्सवको अवसरमा यही बैशाख २१ गते बिहिवारको दिन हुने शोभा- यात्रा र महाआरतीको पूर्व तैयारी भएको छ।

भगवान् नृसिंह जी को जन्म उत्सवलाई सफल बनाउनका लागि सम्पुर्ण बारा, पर्सा वासीलाई सहभागी भई सफल बनाउन मठमा अध्यक्ष राम प्रवेश प्रसाद कुर्मीले अनुरोध गरेका छन्
श्री नृशिङ मन्दिर पिपरा मठ संरक्षण समिती का अध्यक्ष राम प्रवेश प्रसाद कुर्मी , कोषध्यक्ष श्याम कुमार प्रसाद कुर्मी , सदस्य महिपाल प्रसाद कुरा , बाबु बन्द कुर्मी , सुनिल कुर्मी ,अशेसर प्रसाद कुर्मी लगायत स्थानीयवासी उलेख्निय सहभागिता रहेको स्थानिय राहुल साहले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button