अन्तराष्ट्रिय

पाकिस्तानमा भित्री अङ्ग निकालिएका ५ सय शव फेला, वलुच र पस्तुनहरुको हुनसक्ने

पाकिस्तान। पाकिस्तानमा भित्री अङ्ग निकालिएका ५ सय शव फेला परेको छ। पाकिस्तानको एक प्रान्त पन्जाबमा ती शबहरु एक अस्पतालमा फेला परेका हुन्। शरीरका भित्री अङ्गहरू निकालिएका अवस्थामा ती शबहरु फेला परेका हुन्। पन्जाबको निस्तार अस्पतालमा फेला परेका ती शबहरुको अमानवीय ढङ्गले भित्री अङ्गहरू निकालिएको पाइएको छ।

अस्पतालमा फेला परेका ती शबहरुको छाती चिरेर ठूलो प्वाल पारी भित्री अङ्गहरू निकालिएको मिडिया रिपोर्टहरूसँगै सार्वजनिक भएको भिडियोमा देखिएको छ। एकै अस्पतालमा एकै पटक ठूलो सङ्ख्यामा अङ्गहरू निकालिएका शबहरु फेला परेपछि यो विषयले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पनि पाएको छ।

शबको अवस्था र उनीहरूको पहिरनका आधरमा उनीहरू पाकिस्तानी प्रान्त वलुचिस्तानका वलुच र पस्तुनहरुको हुनसक्ने अनुमान अधिकारकर्मीहरूले गरेका छन्। लामो समयदेखि वलुचिस्तानका स्थानीयहरू पिस्तानबाट अलग हुनुपर्ने माग राख्दै विद्रोहमा छन्। उनीहरूलाई दबाउन पाकिस्तानी सरकारले अनेक हतकण्डा अपनाउने गरेको छ। त्यहाँका वलुच र पस्तुनहरुलाई पाकिस्तान सरकारले गैह्र मानवीय व्यवहार गर्दै आएको आरोप लाग्दै आएको छ।

पक्राउ परेका उनीहरूलाई अनुचित व्यवहार गर्ने उनीहरूलाई चरम यातन दिने र उनीहरूको अङ्गहरू निकाली अवैध व्यापारमा संलग्न हुने गरेको आरोप पनि पाकिस्तानी सरकारलाई लागिरहेको वेला एकै पटक ठूलो मात्रामा क्षतविक्षत शव फेला पर्नुले पहिल्यैदेखि लाग्दै आएको आरोप पुष्टि समेत भएको मानवअधिकारकर्मीहरूले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button