राष्ट्रियसमाचार

देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूतको पुतला दहन

काठमाडौं । कूटनीतिक मर्यादा विपरीत देशको आंतरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले एक प्रदर्शन गरी नेपाल स्थित चिनियाँ राजदूतको पुतला दहन गरेको छ।

राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादव को नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको बिरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहीदैन, देश डूबाउन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बंद गर,चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएका थिए।

प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पुर्बेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत संबध बिगार्ने उदेश्यले दिएको अभिब्यक्ति निंदनीय रहेकोले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्नु पर्ने बताउनु भएको छ। नेपाल भारत जल बिधूत समझौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यस बाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले यों चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप लगाउनु भएको छ।
प्रदर्शनमा अभियानका संजीव झा,राम करण साह,संजय यादव,गौतम झा,राजू कापर,अनुराग चौधरी,सुमित महरा,शिव नाथ साहलगायतको अभियानीहरु सहभागि थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button