भारतको सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न

83

काठमाडौँ- भारतको पश्चिम बंगालस्थित सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न भएको छ ।

कोलकातास्थित महावाणिज्य दुतावास कार्यालयको आयोजनामा भएको कार्यक्रममा पुर्वी नेपाल र पुर्वोत्तर भारतका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोलकातास्थित महावाणिज्यदुत ईश्वरराज पौडेलले काँकरभिट्टा र पशुपतिनगरको अध्यागमनलाई सहज बनाउन भारतलाई पत्राचार गरिएको बताए ।

भारतको एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिज्मका अध्यक्ष राज बसुले नेपाल भारतको सीमा क्षेत्रमा रहेको पर्यटनका सम्भावनाहरुलाई उजागर गर्न संस्कृति, प्रकृति र एड्भेन्चरलाई अगाडि बढाउनुपर्ने जानकारी दिए ।

यसैबीच ‘चलो इलाम’ भन्ने नारासहित भारतको पश्चिम बंगाल र सिक्किमका पर्यटकलाई इलामका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी गराउन व्यवसायीहरुको टोली सीलिगुडि पुगेको छ । उक्त टोली शुक्रबार सिक्किमको नाम्ची जाने कार्यक्रम रहेको छ ।

Leave a comment